बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएलमा चेल्सीविरुद्ध आर्सनलको जित, म्यानचेस्टर सिटी फेरि शीर्षस्थानमा

ईपीएलमा चेल्सीविरुद्ध आर्सनलको जित, म्यानचेस्टर सिटी फेरि शीर्षस्थानमा

चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा भएको खेलमा पाहुना टिम आर्सनलले ४-२ को जित निकालेको हो।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) को बुधबार राति सम्पन्न खेलमा चेल्सीविरुद्ध आर्सनलले जित निकालेको छ। चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा भएको खेलमा पाहुना टिम आर्सनलले ४-२ को जित निकालेको हो।

आर्सनलको जितमा इड्डी एककेइटाहले दोहोरो गोल गरेका थिए भने इमिली स्मिर रोवी र बुकायो साकाले समाना १-१ गोल गरे। यता चेल्सीका टिमा वार्नरले १७औं मिनेटमा र सेसर एप्लिक्वेटाले ३२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए पछि पहिलो हाफ २-२ गोलको बराबरीमा रोकिएको थियो।

दोस्रो हाफमा दुई गोल थप्दै आर्सनलले जित निकालेको हो।

बुधबार राति नै सम्पन्न भएको अर्को खेलमा ब्राइटनविरुद्ध जित निकालेको म्यानचेस्टर सिटी ईपीएलको शीर्षस्थानमा उक्लिएको छ। लगातार शीर्षमा रहेको सिटीलाई पछि पार्दै मंगलबार लिभरपुल शीर्षस्थानमा उक्लिएको थियो।

फेरि गएरातिको खेलमा ब्राइटोनमाथि ३-० को जित निकाल्दै सिटी शीर्षस्थानमा उक्लिएको हो। सिटीले अहिले ३२ खेलबाट ७७ अंक जोडेको छ। त्यस्तै, दोस्रो स्थानमो लिभरपुलको एक अंक कम छ।

kumari

यता चेल्सीविरुद्ध जित निकलोको आर्सनलको चाहिँ ५७ अंक रहेको छ। गएराति हार बेहोरे पनि तेस्रो स्थानमा कायम चेल्सीले ३१ खेलबाट ६२ अंक जोडेको छ।

यता ब्राइटनको भने ४० अंक रहेको छ। गएरातिकै खेलमा न्युकासलले क्रिस्टल प्यालेसविरुद्ध १–० को जित निकालेको थियो।

प्रकाशित: Apr 21, 2022| 08:45 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।