मंगलबार, असार २४, २०८२

बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

बुटवलमा बुधबारदेखि दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नवदिप कवर्ड हलमा बुधबारदेखि खेल सुरु भएको हो।
 |  बिहीबार, वैशाख ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

vianetvianet

बुटवल- बुटवलमा बुधबारदेखि दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नवदिप कवर्ड हलमा बुधबारदेखि खेल सुरु भएको हो। 

उद्घाटन सो म्याचको मेन्स डबल्समा कास्कीका विशाल खड्का र विधान अधिकारीको जोडीले नेपाल त्रिभुवन क्लबका रुपेश महर्जन र प्रफल महर्जनको जोडीलाई २१–१८ को सेटमा पराजित गरेका छन्।

मेन्स डबल्सतर्फ १५, मेन्स सिगलमा ११ र वुमन्स सिगलमा २ खेल सम्पन्न भएका छन्। पहिलो दिनको मेन्स सिगलतर्फको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबका प्रवीण लिङ्गथेलले लाफा समूहका सुशील गिरीलाई २१–१५, २१–११ का सोझो सेटमा, कास्कीका विधान अधिकारीले कैलालीका रोशन साउदलाई २१–१३, २१–११ को सोझो सेटमा, सिल्क ग्रुपका नरेन्द्र बलले बुटवल ब्याडमिन्टनका विश्वास नेपाललाई २१–१८, २१–१८ को सोझो सेटमा पराजित गरे। 

यस्तै विभागीय एपीएफका सुमन लिम्बुले बुटवल ब्याडमिन्टनका डिबि रायमाझीलाई २१–९, २१–१४ को सोझो सेटमा, बुटवल ब्याडमिन्टनका डेबिड थापा मगरले लाफाका विवेक न्यौपानेलाई २१–१३, २१–१२ को सोझो सेटमा, त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले लाफाका मनोज फौजदारलाई २१–११, २१–३  को सोझो सेटमा पराजित गरे।

उता बुटवल वाटर पार्कका अरबिन श्रीपालीले लाफाका बिरजन बस्नेतलाई २१–५, २१–९ को सोझो सेटमा, बुटवल ब्याडमिन्टनका कृश नेपालले कैलालीका चन्द्रीका कठारीयालाई २२–२०, २१–१४ को सोझो सेटमा, बुटवलका गणेश रायमाझीले सुर्खेतका अनिल मल्ललाई २१–८, २१–६ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन्।

बुधबार नै  भएको वुमन्स सिगलतर्फको खेलमा वाक ओभर पाउँदै बुटवल ब्याडमिन्टनका पूजा विष्ट दोस्रो चरणमा प्रवेश गरेकी छिन्।

मेन्स डबल्सतर्फको खेलमा गुल्मी÷बुटवल वाटर पार्कका विवेक शर्मा र अरबिन श्रीपालीको जोडीले बुटवल ब्याडमिन्टन क्लबका पदम केसी र भानु खत्रीको जोडीलाई २१–१३, २५–२३ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन्। यसैगरी मेन्स डबल्सतर्फ नै कैलालीका चन्द्रीका कठारिया र रोशन साउदको जोडीले भैरहवाका अर्जुन क्षेत्री र आरसी खनालको जोडीलाई २१–१२, २१–१३ को सेटमा पराजित गरेको छ।

कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले  बुटवल ब्याडमिन्टनका शम्भु भट्टराई र लालमणि पन्थीको जोडीलाई १७–२१, २१–१२, २१–१३ को सेटमा, लाफाको सुशील गिरी र विवेक न्यौपानेको जोडीले पाल्पाका भीम कुवर र सतोष नेपालको जोडीलाई २१–८, २१–१० को सोझो सेटमा पराजित गरेको छ।

यस्तै लाफा र बुटवलका मनोज फौज्दार र डिबि रायमाझीको जोडीले बुटवल ब्याडमिन्टनका दल बहादुर क्षेत्री र बल्देर गोदारलाई १९–२१, २१–१४, २१–८ को सेटमा, एपीएफका दीपेश धामी र विजित थापामगरको जोडीले कपिलवस्तुका नरेश चौधरी र आशिष् थारुको जोडीलाई २१–६, २१–७ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन्।

खेलमा वाक ओभर पाउँदै कपिलवस्तुका नरेश चौधरी र आशिष् थारुको जोडी, बुटवल ब्याडमिन्टन क्लबका मोहन भुसाल र नारायण तिवारीको जोडी, बुटवल ब्याडमिन्टनकै प्रकाश ज्ञवाली र कृषि नेपालको जोडी, कास्कीका विधान अधिकारी र विशाल  खड्काको जोडी, भैरहवा ब्याडमिन्टनका अनिमेश गिरी र जीवन थापाको जोडी दोस्रो चरणमा प्रवेश गरेका छन्। बिहीबार भेट्रान्स र सुपर भेट्रान्सका खेलहरूका साथै पहिलो दिनका दोस्रो चरणका खेलहरू हुनेछन्।

प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै रुपन्देही खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको बताए।

कार्यक्रममा लुम्बिनी खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने भूमिकालाई स्थानीय क्लबहरूबाट आयोजना गरेर उदाहरणीय काम गरेको बताए।

वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच विद्यामा खेलहरू खेलाइने बताए। प्रतियोगिताको मेन्स सिगल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैयाँ, दृतीय ३० र तृतीयलाई २० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।

यसैगरि भेट्रान्स ४५ वर्ष माथि उमेर समूह र महिला सिगलमा प्रथमलाई ३० हजार रुपैयाँ, दृतीय २० र तृतीयलाई १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।

यसैगरि ५५ वर्षमाथि उम्र समूहको प्रथमलाई २० हजार रुपैयाँ, दृतीय १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगिताका संयोजक शम्भु भट्टराईले बताए।

प्रकाशित: Apr 21, 2022| 06:47 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।