मंगलबार, साउन २६, २०८३

तातो कुँढोमा परेर तनहुँमा बालिकाको मृत्यु

तनहुँमा गाइवस्तुका लागि पकाएको कुँढो (खोले) मा परेर एक बालिकाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

तनहुँ- तनहुँमा गाइवस्तुका लागि पकाएको कुँढो (खोले) मा परेर एक बालिकाको ज्यान गएको छ।

मृत्यु हुनेमा जिल्लाको भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया आरोही घर्ती रहेकी छन्।

आफ्नै घरमा पकाइरहेको तातो कुँढोमा परेकी उनलाई उद्धार गरेर उपचारका लागि लगिए पनि उपचार हुन नसकेर ज्यान गएको प्रहरीले जनाएको छ। ती बालिकाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो।

प्रकाशित: Apr 21, 2022| 07:01 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।