शनिबार, असार ६, २०८३

जडीबुटी र घाँसखेतीबाट परिवर्तन हुँदै जीवनस्तर

उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाहरुले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका हुन्।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

हेटौँडा- मकवानपुरको मनहरि गाउँपालिकामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्शनमुनि रुख नभएको स्थानमा सामूहिकरूपमा गरिएको जडीबुटी र घाँस खेतीलाई आयआर्जनको स्रोत बनाएको छ। 

National life

उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाहरुले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका हुन्।

समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती तथा घाँसको बिरुवा रोपेर बाख्रा पालिरहेकाले आर्थिकरूपमा निकै सहयोग पुगेको बताए। उनले भने, 'अब यो ठाउँमा यसरी हामी बहिनी मिलेर आम्दानी गर्छम जस्तो लागेको थिएन, गरेदेखिन नहुने केही रहेनछ।'

हाइटेन्शनमुनिका रूख काटिएपछि खाली बनेको स्थानबाट उत्पादन गरेर स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने सोचसहित थालिएको जडीबुटी खेतीले आम्दानी दिन थालेपछि सबैजना उत्साहित हुँदै थप मेहनत गर्न ऊर्जा मिलेको परियारले बताए। 

जडीबुटी गोडमेल गर्ने र घर फर्कंदा घाँस लिएर जानु आफूहरुको दैनिकी बनेको उल्लेख गर्दै परियारले समूहले यस वर्ष अदुवा पनि खेती गरेको बताए। 

Shivam cement

अदुवा खेती सप्रिएको बताउँदै बजार व्यवस्थापनको पाटोमा भने सहयोग चाहिएको उपसमूहकी कोषाध्यक्ष सानुमाया मोक्तानले जनाए। 

तीन वर्षअगाडि जडीबुटी खेती सुरु गर्दा आम्दानीको सपना देखे पनि दुःख गर्दा र घरमा भएका वस्तुसहितको हेरचाहमा भ्याइनभ्याई भएको अवस्थामा थोरै निराश भएको स्मरण गर्दै कोषाध्यक्ष मोक्तानले जडीबुटी रोपिएको स्थान वरपर घाँस लगाउँदा घरमा पशुपालन गर्न पनि सहज भएपछि उपसमूहमार्फत नै आर्थिक सहयोग र बाख्रा सापटी कार्यक्रम लागू गरेर थप आम्दानी भएको बताए। 

 हाल जडीबुटी, अदुवा, अम्रिसोसँगै बाख्रापालन पनि गर्दै आएको उनको भनाइ छ। मोक्तान भन्छन्, 'नभएको लगानी हालेर बाख्रा पाल्ने अनि त्यसलाई घाँस खोज्न कहाँ जाने जस्तो लाग्थ्यो तर अहिले यहाँको घाँसले बाख्रा र गाई पाल्न थालेको छु।'

जग्गा जमीन थोरै, पढाइ नभएका कारण उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाले रोजगारीको स्रोत खोज्दा वन समूहले यस्तो उपयुक्त योजना ल्याएर जीवन परिवर्तनमा सघाउ गरेको मोक्तानको भनाइ छ। 

हाल उक्त उपसमूहका महिलाहरुले सर्पगन्धाको बीउसमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको वस्तिमाया मोक्तान बताउछन्। उनले भने, 'हामीले त जग्गा जमीन पनि छैन, पढेको पनि छैन कमाउन सक्छ जस्तो मानेको थिएन पो।' तर उक्त सामूहिक जडीबुटी खेतीले अब भने जीवन परिवर्तन हुनसक्ने आशा पलाएको मोक्तानको भनाइ छ। 

बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिलाहरु अहिले सक्षम र व्यस्त हुन थालेको उपसमूहकी सदस्य देवकी बिष्टको भनाइ छ। 

सामुदायिक वनले जीवन फेरिएको उदाहरण आफ्नो समूह रहेको बताउँदै उनले भने, 'खेती गरौँ जमिन छैन, अरू काम गर्न लगानी छैन, यस्तो अवस्थामा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो एउटा कार्यक्रमले साँच्ची भन्नुपर्दा हामीलाई परिवर्तन नै गरिदिएको छ।'

सानो लगानीबाट बाख्रापालन सुरु गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उनको भनाइ छ। उक्त स्थानमा रहेको दुई हेक्टर जमीनमा हाल सामूहिकरूपमा खेती गरिँदै आएको बिष्टले जानकारी दिए।

हाल सर्पगन्धा, अम्रिसो र अदुवाका साथमा घाँस खेती भइरहेको उनको भनाइ छ। यसपटक अदुवा सप्रेको र अब बजारीकरणको तयारीमा रहेको बिष्टले जानकारी दिए। 

सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमा रहेका विपन्न महिलाको जीवनस्तर उकास्न भेला छलफलमा सम्भावित योजनाहरुको विषयमा जानकारी दिँदा पनि महिलाहरुको जीवन परिवर्तनमा सहयोग पुग्ने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकले बताए। 

वनबाट समृद्धि र समृद्धिका लागि उद्यमशीलतामा जोड दिने नीति सामुदायिक वन उपभोक्ता महासङ्घको रहेको उनले बताए।    -रासस

प्रकाशित: Apr 21, 2022| 08:15 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।