मंगलबार, साउन २६, २०८३

लागूऔषधिसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधिसहित दुई जना पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

धनगढी- कैलालीमा लागूऔषधिसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका-७ नारायणपुर बस्ने वर्ष २० का लोकेश शाही र २० वर्षीय सुरेश रावल रहेका छन्। 

बुधबार सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाकुण्डाबाट खटिएको टोलीले उनीहरूलाई १५० गोटा नाइट्राभेट, ६० गोटा विकेयर र १ ग्राम चरेशसहित पक्राउ गरेको हो। 

उनीहरूलाई टीकापुर नगरपालिका–७ जयशंकरघाट सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरामा बुझाइएको गणले जानकारी दिएको छ। 

प्रकाशित: Apr 21, 2022| 07:40 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।