बिहीबार, असार ११, २०८३

सृजना सिंहलाई काठमाडौंको मेयर प्रस्ताव गर्ने चैत १४ को त्यो बैठक

‘मेयरमा उठ्ने हल्ला फैलिएपछि मलाई नै प्रेसर भयो। घरमा श्रीमान् प्रकाशमान सिंहले पनि लड्ने कुरामा रोकछेक नगर्ने, लड्ने भए तयारी गर भनेर नै सुझाव दिनुभयो,’ सिंहको भनाइ छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनमा भएको तालमेलको सहमतिअनुसार काठमाडौं महानगरपालिकाको मेयर नेपाली कांग्रेसको भागमा परेको छ। काठमाडौंका लागि नेपाली कांग्रेसले मेयर उम्मेदवार टुंग्याएको छैन। विभिन्न नेताहरूले दाबी भने गर्दै आएका छन्। मेयरका लागि दाबी गर्नेमध्ये एक हुन् सिर्जना सिंह। 

National life

कांग्रेसको सभापतिका लागि प्रतिस्पर्धा गरिसकेका श्रीमान प्रकाशमान सिंहको पकड मानिने काठमाडौंमा उनलाई मेयरको टिकट पाउन सहज हुने टिप्पणी भइरहेका छन्। 

यसरी मेयरमा प्रस्ताव भयो सिंहको नाम

गएको १४ चैतमा नेपाली कांग्रेसनिकट महिला संघ काठमाडौंले बैठक आयोजना गरेको थियो। महिला संघकी उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठका अनुसार बैठकमा महिलाले आरक्षणमा मात्र सीमित हुनु नहुने कुरा उठ्यो। '३३ प्रतिशत अधिकार भनेर उपमेयर र सदस्यमा मात्र नभएर अध्यक्षमा दाबी गर्नुपर्छ' भन्ने कुरा उठ्यो।

‘महिलाहरु राष्ट्रपति, सभामुख भए। अब महानगरको मेयर हुनुपर्छ भनेर हामीले कुरा राख्यौँ,’ श्रेष्ठले भनिन्, ‘त्यसपछि त्यहीँ भित्रबाट सृजना सिंहलाई मेयरमा उठाउनुपर्छ भन्ने प्रस्ताव आयो। र, हामी सबैले सर्वसम्मत निर्णय गर्‍यौँ।’ 

Shivam cement

काठमाडौं महिला संघको सल्लाहकारका रुपमा लामो समय काम गरेकोले पनि सिंहको नाममा सबैले सहमति जनाए। महिला संघको बैठकमा विना कुनै तयारी एकाएक सिंहको नाम प्रस्ताव गरिएको श्रेष्ठ बताउँछिन्। 

निर्णयपछि महिला संघ सभापति विष्णुदेवी पुडासैनीले बैठकमा नाम प्रस्ताव गरिएको कुरा सिंहलाई सुनाइन्। उक्त माइन्युट जिल्ला कार्यसमितिमा बुझाउन जान लागेको कुरा सिंहसम्म पुगेको छ। ‘एकाएक मेयरको प्रस्ताव साथीहरुले गरेपछि उहाँको नाम चर्चामा आएको हो,’ महिला संघकी नेतृ जानुका भण्डारीले बताइन्। चैत १५ गते बिहानै भण्डारी एक सञ्चारकर्मीको साथमा सिंहको निवासमा पुगेकी थिइन्। यसपछि सिर्जनाको चर्चा बढेको हो।

‘काठमाडौंको मेयर उम्मेदवारमा सिर्जना सिफारिस’ आशयको समाचार बाहिर आएपछि आफूहरुलाई हौसला दिन नेताहरुको फोन आएको सिंह बताउँछिन्। 

‘मेयरमा उठ्ने हल्ला फैलिएपछि मलाई नै प्रेसर भयो। घरमा श्रीमान् प्रकाशमान सिंहले पनि लड्ने कुरामा रोकछेक नगर्ने, लड्ने भए तयारी गर भनेर नै सुझाव दिनुभयो,’ सिंहको भनाइ छ। 

सिंहका अनुसार यसरी नाम बाहिर आएपछि उनका समकालीन साथीहरुले फोन गरेर शुभकामना दिइरहेका छन्। ०३६ सालमा राजनीति गर्दाका समकालीन नेताहरु विमलेन्द्र निधि, ज्ञानेन्द्र बहादुर कार्कीलगायतले फोन गरेर उठ्न हौसला दिएको दाबी उनी गर्छिन् सिर्जना। 

‘बल्ल पार्टीले सही निर्णय गरेछ। मेयरको तयारी गर, हाम्रो साथ छ,’ विमलेन्द्र निधिले आफूलाई भनेको कुरा स्मरण गर्दै सिर्जनाले सुनाइन्।

प्रकाशित: Apr 21, 2022| 09:15 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...