बिहीबार, असार ११, २०८३

सम्भव भएसम्म सबै तहमा तालमेल हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्। धनगढीमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकार र निर्वाचन आयोग ३० गते नै चुनाव गराउन प्रतिवद्ध रहेको बताएका हुन्।

National life

उनले गठबन्धनका बीच ६ महानगर र ११ उपमहानगरमा तालमेल गरेर जाने कुरामा सहमति भइसकेको भन्दै अब सोहीअनुरुप अघि बढ्न देशभरका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रचण्डले गठबन्धका बीच महानगर र उपमहानगर मात्र नभएर सम्भव भएसम्म सबै स्थानीय तहमा तालमेल गरेर जाने विषयमा पनि सहमति बनेको दाबी गरे। बुधबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा पनि उक्त कुरा उल्लेख रहेको प्रचण्डले बताएका छन्।

‘हामीले सम्भव भएसम्म सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेका छौं। हिजोको वक्तव्यमा पनि तालमेलमा जोड दिइएको उल्लेख गरेका छौं। गठबन्धनको मर्म र भावनालाई आत्मसात गर्दै चुनावका तालमेल गरेर जानेछौं। यदी कुनै ठाउँमा हुन सकेन भने पनि स्वच्छ प्रतिष्पर्धाको आधारमा चुनावमा जानेछौं। त्यो समस्या परेमात्र हो नत्र सम्भव भएसम्म तालमेल गरेर नै जान्छौं’, प्रचण्डले भने।

प्रकाशित: Apr 21, 2022| 09:04 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...