कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। नगरपालिकाको वडा नम्बर १० झलारी बजार क्षेत्रमा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध भएको हो।
अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ। तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौं। तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला।
नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) मा हस्ताक्षर गर्नको लागि अमेरिकाले प्रस्ताव गरेको छ।
गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ। बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो।
राजनीतिक लाभहानीको हिसाबकिताब गरेर माओवादी जता ढल्किन्छ, पासा त्यतै पल्टिने अवस्था छ। त्यसकारण पनि एमाले-माओवादी नेताहरुको भेटले राजनीति तरंगित बनाइदिएको छ।