बिहीबार, असार ४, २०८३

कञ्चनपुरमा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। नगरपालिकाको वडा नम्बर १० झलारी बजार क्षेत्रमा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध भएको हो।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। नगरपालिकाको वडा नम्बर १० झलारी बजार क्षेत्रमा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध भएको हो।

National life

टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टका अनुसार अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध भएको हो। अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काट्दा सेवा अवरुद्ध भएको बताइएको छ।

सेवाग्राहीले अन्धाधुन्ध डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कारबाही गर्न माग गरेका छन् भने टेलिकमको लाइन काट्नेलाई कानुनी कारबाहीका लागि पत्राचार गर्ने तयारी भइरहेको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख भट्टले बताएका छन्।

त्यस्तै, अप्टिकल ब्रेक भएका ठाउँमा मर्मत कार्य भइरहेको टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जीनियर प्रकाश भट्टले जानकारी दिए। - रासस

प्रकाशित: Jun 14, 2022| 10:54 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।