बिहीबार, साउन २१, २०८३

थवाङमा दुई दिन सार्वजनिक बिदा

रोल्पाको थवाङमा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ। भूमे पर्वको रौनक सुरु भएसँगै असार १ र २ गते थवाङमा सार्वजनिक बिदा दिइने भएको हो।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

रोल्पा- रोल्पाको थवाङमा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ। भूमे पर्वको रौनक सुरु भएसँगै असार १ र २ गते थवाङमा सार्वजनिक बिदा दिइने भएको हो।

असार १ गतेदेखि ५ गतेसम्म थवाङमा पर्व मनाउने चलन छ। भूमे पर्व अगावै गाउँका युवायुवतीहरू जलजलामा फूल लिन जाने गर्दछन्। 

पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ। भूमे पूजा अगावै जलजला देउतालाई शान्त पार्न यसरी फूल लिने र पूजा गर्ने चलन रहेको छ।

असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन छ। उक्त पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ। 

प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी यो पर्व मनाउने गरिन्छ।

प्रकाशित: Jun 14, 2022| 10:08 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।