शुक्रबार, जेठ १, २०८३

नेपाल ल क्याम्पसमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

National life

काठमाडौं- नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ। क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा यस क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो। 

नारायण प्रसाद देवकोटा छात्रवृत्ति–२०५५, शान्ता थपलिया पारिवारिक कानुन पुरस्कार–२०६१, डा. शकुन्तला उप्रेती छात्रवृत्ति–२०६७, विजयालक्ष्मी छात्रवृत्ति–२०७४ र मकसुदन चौधरी मेमेरियल पुरस्कार २०७५ समेतका छात्रवृत्ति तथा पुरस्कारका लागि योग्यता पुगेका विद्यार्थीले दरखास्त दिनसक्ने क्याक्पसले जनाएको छ। 

छात्रवृत्तिका लागि असार ०७ गतेसम्म नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित परीक्षा शाखामा निवेदन दिनुपर्नेछ।

प्रकाशित: Jun 14, 2022| 07:32 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्