बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुटपिट आरोपमा लुम्बिनीकी प्रदेश राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

कुटपिट आरोपमा लुम्बिनीकी प्रदेश राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ। वाइसिएलका नेता एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीले राज्य मन्त्री वलीलाई नियन्त्रणमा लिएको हो। 

National life

तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनले श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयले जनाएका छन्। 

इलाका प्रहरी कार्यालय तुलसीपुरले उक्त विषयमा अनुसन्धान गर्नका लागि वलीलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटना हुँदा एकराज घरमा थिएनन् । मन्त्री नहुँदै एकराजसँग खिचेको बिमलाको सेल्फी भाइरल भएको थियो । 

वली लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन्। घटना हुँदा एकराज घरमा थिएनन्। उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए।

नेकपा एमालेबाट दाङ ३ ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन्। नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन्।

Shivam cement


प्रकाशित: Jun 14, 2022| 11:06 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।