बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन महाशाखाको आग्रह

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन महाशाखाको आग्रह

देशका केही साना नदीहरूमा आज पानीको बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- देशका केही साना नदीहरूमा आज पानीको बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ। केहीमा आकस्मिक बहाव समेत हुन सक्ने जनाइएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आज इलाम, झापा, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ गोरखा र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ।

यस्तै, ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सुनसरी, मोरङ, प्रदेश नम्बर-२ का जिल्लाहरूसहित मकवानपुर, धादिङ, नुवाकोट र आसपास भई बहने केही स–साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ।

अबका तीन दिन प्रमुख नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ। नदीतटीय क्षेत्रका कार्य सजगताका साथ गर्न सकिने महाशाखाले जनाएको छ।



प्रकाशित: Jun 14, 2022| 09:46 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।