आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • बाक्लियो वाम भेटघाट, कांग्रेस भन्छ- धोकाको भाग २ नलेख्न आग्रहमात्र गर्न सक्छौँ

बाक्लियो वाम भेटघाट, कांग्रेस भन्छ- धोकाको भाग २ नलेख्न आग्रहमात्र गर्न सक्छौँ

राजनीतिक लाभहानीको हिसाबकिताब गरेर माओवादी जता ढल्किन्छ, पासा त्यतै पल्टिने अवस्था छ। त्यसकारण पनि एमाले-माओवादी नेताहरुको भेटले राजनीति तरंगित बनाइदिएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- केही दिनयता वाम नेताहरूबीच छलफल र भेटघाट बाक्लिएको छ। विशेषगरी नेकपा माओवादी केन्द्रका नेताहरूले नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले)का शीर्षसहित दोस्रो तहका नेताहरूसँग छलफल र भेटघाटलाई तीव्रता दिएका छन्। भेटघाट भएको स्वीकार्ने नेताहरू एजेन्डाका विषयमा भने प्रष्ट रूपमा खुल्न चाहँदैनन्। पछिल्ला भेटघाटका विषयलाई सामान्य रूपमा लिनुपर्ने बताउने माओवादीले एजेन्डा मिल्ने दलसँग एकता हुनसक्ने बताउने गरेको छ । एमालेले भने तत्काल वाम एकता वा तालमेल हुने सम्भावना नरहेको दाबी गर्दै आएको छ। 

triton college

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच भएको २ घण्टा लामो छलफलले राजनीति तरंगित बनेको छ। आइतबार अपराह्न ओली निवास बालकोटमा दुई नेताबीच छलफल भएको थियो। 

नेपालमा अमेरिकी चासो बढ्दै गएपछि श्रेष्ठले ओलीसँग भेटेको बताइएको छ। श्रेष्ठले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत छुट्टै भेट गरेका थिए। श्रेष्ठले समसामयिक विषयमा नेताहरूसँग भेटवार्ता गर्नु स्वभाविक भएको बताएका छन्। 

एमाले-माओवादी नेताहरूको भेटको शृंखला यतिमा मात्र सीमित छैन। जेठ ५ गते एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ऊर्जामन्त्री समेत रहेकी माओवादी नेतृ पम्फा भुसालसँग भेट गरेका थिए। भुसालको कार्यकक्षमा दुई नेताबीच करिब ४५ मिनेट छलफल भएको थियो। जहाँ वाम गठबन्धनको सम्भावनाबारे समेत छलफल भएको स्रोतको दाबी छ। यद्यपि यो विषयमा एमाले-माओवादी कुनै पक्षले पनि मुख खोलेका छैनन्। 

यस्तै जेठ २८ गते एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच खुमलटारमा भेटवार्ता भएको थियो। दुई प्रमुख कम्युनिस्ट पार्टीका नेताहरूबीच निरन्तर छलफल हुनुलाई अर्थपूर्ण मानिएको छ। असार १ गते एमाले नेता घनश्याम भुसाललाई प्रमुख वक्ता बनाएर युवा वाम बहस समूहले वामपन्थी एकताका लागि अभियान थाल्दैछ। 

corrent noodles
Metro Mart

०७४ सालमा स्थानीय निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले उसैसँग संयुक्त सरकार सञ्चालन गरिरहेको थियो। तर प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा भने कांग्रेसले भन्दा बढी सिट एमालेले दिएपछि माओवादी र एमालेबीच रातारात तालमेलको निर्णय भएको थियो। पछि उनीहरूले पार्टी नै एकता गरेका थिए। पछिल्ला भेटघाटलाई पनि यसअघिकै दृश्यसँग जोडेर तुलना गर्न थालिएको छ। 

एमाले, माओवादी र नयाँ शक्तिबीच तालमेलमा चुनावमा जाने सहमतिपछि तस्बिर खिचाउँदै नेताहरु। पछि नयाँ शक्ति भने तालमेलबाट पछि हटेको थियो। फाइल तस्बिर

स्थानीय तहको निर्वाचनको परिणामले पहिलो दलबाट दोस्रोमा खुम्चिएको एमाले आगामी निर्वाचनमा पुन: पहिलो शक्तिकै रुपमा उभिन चाहन्छ। त्यसका लागि अहिलेको गठबन्धन तोड्नुपर्ने चुनौती एमालेसँग छ। स्थानीय तहको निर्वाचन परिणामप्रति माओवादी सन्तुष्ट देखिएको छ। तर परिणामले माओवादीलाई नेपाली राजनीतिको निर्णायक शक्तिका रुपमा उभ्याइदिएको छ। राजनीतिक लाभहानीको हिसाबकिताब गरेर माओवादी जता ढल्किन्छ, पासा त्यतै पल्टिने अवस्था छ। त्यसकारण पनि एमाले-माओवादी नेताहरुको भेटले राजनीति तरंगित बनाइदिएको छ।  

स्थानीय तहको निर्वाचन सकिएको र दुई तह (प्रतिनिधिसभा र प्रदेशसभा)का निर्वाचनको मिति तोक्ने विषयमा छलफल चलिरहेका अवस्थामा दुई मुख्य वाम दलका नेताबीचको छलफलका विषयमा राजनीतिकवृत्तमा विभिन्न विश्लेषण हुन थालेका छन्। यद्यपि भेटका क्रममा मुलुकको राजनीतिक अवस्था र भूराजनीतिबारे छलफल भएको बताइएको छ। वाम गठबन्धनका बनाउने  विषयमा भने भेटमा छलफल नभएको दाबी श्रेष्ठले गरेका छन्।

नेपालमा अमेरिकी चासो बढ्दै गएको अवस्थामा एमाले र माओवादी नेताले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा संसदलाई जानकारी गराउनुपर्ने माग गर्दै आएका छन्। जेठ १२ गते प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले लिएको एक चीन एक नीतिमा प्रश्न उठाएका थिए। जेठ पहिलो साता तीनदिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले नेपालमा रहेका तिब्बती शरणार्थीलाई भेटेको प्रसंग उप्काएर ओलीले सरकार माथि प्रश्न उठाएका थिए। हालै अमेरिकी सेनाका प्यासिफिक कमान्डर जर्नेल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण गरेका थिए। प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानमन्त्री देउवाले चाँडै अमेरिका भ्रमण गर्दैछन्। 

माओवादी केन्द्रका नेता गुरूङले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीचको भेटलाई स्वाभाविक रूपमा लिइएको प्रतिक्रिया दिए। ‘एमाले अध्यक्ष ओली र नेता नारायणकाजी बीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन। राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौं,' उनले भने, 'विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानु परेको हो।'

प्रकाशित: Jun 14, 2022| 07:23 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...