बिहीबार, असार ४, २०८३

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ। बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

तनुहँ- गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ। बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो।

National life

गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ। देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो। समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको थियो।

गण्डकी प्रदेश सरकारले बागमती प्रदेशसँगको सहकार्यमा सार्वजनिक–निजी लगानीमा त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल पवित्रभूमि देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागेको हो। सरकारले तीनमुखे पुल निर्माणकार्य आरम्भ गरी धार्मिक तथा व्यावसायिक पर्यटन प्रवद्र्धनका लागि आयोजना सञ्चालन गर्ने लक्ष्य लिएको छ।

देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुलको अवधारणा ल्याइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए।

देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटामात्रै पिलरले धान्ने पुल निर्माण गरिने उनले बताए। चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रूपमा लिइएको छ।

Shivam cement

बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले तनहुँको पर्यटकीय मानुङकोट र काहुँशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुई पालिका जोड्ने डाँडामा बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको छ। व्यास नगरपालिका–५ स्थित मानुङकोट र ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर जोड्नका लागि निर्माण गरिने पुलको सम्भाव्यता अध्ययन गरिने बताइएको छ।

पछिल्लो समय मानुङकोट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ। केही वर्षअघिसम्म सुनसान मानुङकोटमा अहिले पर्यटकीय पूर्वाधार निर्माण गर्ने क्रम सुरु भएको छ। सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।

दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ। मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ। यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ।

प्रकाशित: Jun 14, 2022| 07:59 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।