बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कमल थापालाई मनपर्‍यो 'कमरेड', 'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री' व्यवस्थाको माग

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले आफूलाई कमरेड शब्द धरै मनपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

'विजुवा लाउने' चौरमा 'दोख'लाई लागेको दोष

माओवादी द्वन्द्वका बाछिटालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘दोख’ चलचित्र प्रदर्शनमा आउँदासम्म अनुपले भोगेका हैरानीको फेहरिस्तले जोकसैलाई स्तब्ध बनाउँछ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

२४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३१४ जना

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

श्रीमतीसँग झगडा हुँदा आगो लगाएर हत्या

मोरङको रंगेली १ बिर्ता बजारका तिलका मल्लिकले श्रीमतीलाई आगो लगाएर हत्या गरेका छन्। २३ वर्षीया मल्लीकले ३० वर्षीया बबिता मल्लिकको आगो लगाएर हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

विमला वली छानबिन प्रतिवेदनको निष्कर्ष : विवादको जड आर्थिक लेनदेन, पदीय मर्यादा भुलेर कमजोरी

सांसद वलीलाई बचाउने गरी आएको प्रतिवेदनले वली र बस्‍नेत माओवादीकै कार्यकर्ता भएकाले मिलेर जानुपर्ने सुझाव दिएको छ। छानबिन टोलीले स्थलगत अध्ययन, सम्बन्धित व्यक्तिहरुसँग छलफल गरेर ल्याइएको संयोजक शर्माले बताए। ‘स्थानीयहरुबाट...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

पर्वतमा पिउने पानीमा कोलिफर्मको मात्रा उच्च

जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो। यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

लमजुङको ७६ प्रतिशत पानीमा दिसा मिसावट

लमजुङका सात स्थानीय तहको खानेपानी आयोजना र ढुंगे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले गरेको नमुना परीक्षणमा १२० स्थानमध्ये ९१ वटामा दिसा भेटिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

ओलीले भने- जमिनको स्वामित्वको लफडामा नजाऔं, सामूहिकतामा जाऔं

अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, 'कृषिको आधुनिकरण नै आजको आवश्यकता हो। हामीले कृषिको उत्पादकत्व बढाउन आवश्यक छ। त्यसकारण अहिले स्वामित्वको लफडामा नजाऔं, सामूहिकतामा...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मन्त्री भुसाल

ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

सर्वोच्चको पूर्ण फैसलापछि दलका शीर्ष नेताहरुले भने- निजगढ बन्छ

सर्वोच्च अदालतको उक्त आदेशपछि पहिलो पटक प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव शनिबार निजगढ...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

मोदीका आलोचकलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

भारतीय फ्याक्ट चेक गर्ने सञ्‍चारमाध्यम अल्ट न्युजका सहसंस्थापकसमेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक मोहम्मद जुबैरलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

जब गिरिजाले बीपीका कुरा टिपोट गराए...

‘हामी नवलपुरमा सूर्यभक्त अधिकारीको सानो मचानजस्तो घर र बाँकी कटेरोहरूमा बस्यौं। म र वीरेन्द्र दाहाल गिरिजाबाबुको कटेरोमा थियौं। अनिद्रामा रहनुभएका गिरिजाबाबुले मलाई अहर्‍याउनुभयो-जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नुभएका विभिन्‍न...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय खोल्नुपर्छ- उद्योगमन्त्री बडू

‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना कार्यक्रममा उनले आदर्शका प्रतीक गिरिजाबाबुको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

निरन्तर वर्षाका कारण गाईघाटका सयौँ घर पसल डुबानमा

निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौँ लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ। खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

कालीमाथि स्वीङमा सरर...

डोरीमा छँदै एकपल्ट काली नदी दोहन गर्नेहरू सम्झेर रिस पनि उठ्यो। दोहनले नेपालको विशिष्ट धार्मिक एवं सांस्कृतिक महत्त्वको काली नदीको सभ्यता मासिइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

न्यायाधीश-वकिल घुस प्रकरण : म्यादतामेली पत्र बुझ्न आलटाल गर्दै वकिल

इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोडको घुस अफर गरेका वकिल पोखरेललाई काउन्सिलले ७ दिनभित्र स्पष्टीकरण दिन पत्र, इमेल र म्यासेज पठाउँदासमेत अटेर गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

प्रस्तावित स्थलमै निजगढ विमानस्थल बन्छ : प्रधानमन्त्री देउवा

सर्वोच्च अदालतको फैसलाअनुसार वातावरणीय क्षति कम हुने गरी मुलुककै गौरवको आयोजना निजगढ विमानस्थल निर्माण गरिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९