सोमबार, मंसिर २९, २०८२

लमजुङको ७६ प्रतिशत पानीमा दिसा मिसावट

लमजुङका सात स्थानीय तहको खानेपानी आयोजना र ढुंगे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले गरेको नमुना परीक्षणमा १२० स्थानमध्ये ९१ वटामा दिसा भेटिएको हो।
 |  शनिबार, असार १८, २०७९

रासस

रासस

शनिबार, असार १८, २०७९

लमजुङ- लमजुङका ७६ प्रतिशत खानेपानी आयोजनामा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको छ।

National life

जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुंगे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समय १२० स्थानको पानीको नमुना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए।

उनले भने, ‘पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ। परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ ।’

यति धेरै प्रतिशतमा इकोली भेटिँदा जिल्लामा शुद्धपानी कमै नागरिकले मात्र प्रयोग गरिरहेको उनको भनाइ छ। जिल्लाका आठ स्थानीय तहमध्ये दूधपोखरी गाउँपालिकामा भने परीक्षण गरिएको छैन।

स्वास्थ्य कार्यालयका अनुसार परीक्षण गरिएकामध्ये सुन्दरबजार नगरपालिकामा ३९ वटा नमुना परीक्षण गर्दा २७ अर्थात् ६९ प्रतिशत इकोली भेटिएको छ।

Laxmi sunrise bank
kumari

बेंसीसहर नगरपालिकामा २९ वटा नमुना परीक्षण गर्दा २२ अर्थात् ७६ प्रतिशत पानीमा इकोली भेटिएको छ। मध्यनेपाल नगरपालिकामा खानेपानीका २२ वटा नमुना परीक्षण गर्दा २० अर्थात् ९१ प्रतिशत पानीमा इकोली भेटिएको छ। 

राइनास नगरपालिकामा आठ वटा नमुना परीक्षण गर्दा ६ वटा अर्थात् ७५ प्रतिशत रहेको छ भने दोर्दी गाउँपालिकामा पाँच वटा नमुना परीक्षण गर्दा चार अर्थात् ८० प्रतिशतमा इकोली रहेको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

मस्र्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुई वटै नमुनामा शतप्रतिशत इकोली भेटिएको छ भने क्वहोंलासोँथर गाउँपालिकामा १४ नमुना परीक्षण गर्दा १० वटा अर्थात् ७१ प्रतिशतमा इकोली भेटिएको छ।

ती तथ्यांकको आधारमा जिल्लामा सरकारले शुद्ध खानेपानी नागरिकलाई उपलब्ध गराउन चुनौती थपिएको छ। एक घर एक धारा अभियान अघि बढिरहे पनि शुद्धपानी पुर्‍याउन भने सरकार असफल भएको सरोकारवाला बताउँछन्।

स्वास्थ्य कार्यालयले बर्खा लाग्नुभन्दा अगाडि र  बर्खाको सुरुमै सम्बन्धित उपभोक्ता समितिको समन्वयमा खानेपानीको नमुना संकलन गरी परीक्षण गरेकोे कार्यालय प्रमुख दवाडीको भनाइ छ। 

बर्खाको समय संक्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनुका साथै पानी शुद्धीकरण गरी पिउन कार्यालयले आग्रह गरेको छ। जिल्ला अस्पतालदेखि घलेगाउँ घरवास, ढोडेनी स्वास्थ्य चौकी, फेलनी स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउन स्वास्थ्य कार्यालयले जोड दिएको हो।

कार्यालयले सार्वजनिक गरेको एकीकृत भेक्टर सर्भिलेन्सको नतिजाअनुसार राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा गरिएको परीक्षणमा तीन पालिकामा लामखुट्टेबाट विभिन्न प्रकोप फैलिन सक्ने देखिएको छ।

तीमध्ये राइनास र सुन्दरबजारमा डेँगु, हात्तीपाइले रोग र कालाज्वारको प्रकोप फैलिनसक्ने देखिएको र मध्यनेपाल नगरपालिकामा भुसुनाजन्य रोग अर्थात् मलोरियाको प्रकोप फैलिने उच्च सम्भावना देखिएको स्वास्थ्य कार्यालयले बताएको छ।

प्रकाशित: Jul 02, 2022| 16:50 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।