शनिबार, कात्तिक २९, २०८२

सुट्केसमा शव फेला परेकी महिला को हुन्?

 |  आइतबार, भदौ ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ८, २०८२

रौतहट  । रौतहटको गौर नगरपालिका–९ मुडवलव सडकमा सुट्केसमा फेला परेकी महिलाको शवको पहिचान खुलेको छ। 

National life

माधवनारायण नगरपालिका–६ माधोपुर माइत भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सुडिको शव रहेको प्रहरीले जानकारी दिएको छ। 

सुटकेसभित्र मृत फेला परेकी महिला भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिवसागर साहको श्रीमती रहेको पुष्टि भएको रौतहटका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीले बताए।

उनका अनुसार ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी रुबिकुमारी बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।

आजभन्दा २० वर्षअघि देखि नै शिवसागर माधोपुर गाउँ छाडेर स–परिवार भारतमा नै बस्दै आएको स्थानीयले बताएका छन्। 

Laxmi sunrise bank
kumari

रुवीको एक छोरा छन्। घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ। यस विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय  रौतहटले जनाएको छ।

प्रकाशित: Aug 24, 2025| 19:02 आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्