शनिबार, जेठ ३०, २०८३

दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु

 |  आइतबार, भदौ ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ८, २०८२
National life
Shivam cement

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको हो।

पृथ्वीराजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पतालमा निधन भएको हो।

बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग९प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरेको ग३च ३१९ नम्बरको जिपले ठक्कर दिएको थियो। घाइते खत्रीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो।

प्रकाशित: Aug 24, 2025| 12:58 आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्