बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मोदीका आलोचकलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

मोदीका आलोचकलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

भारतीय फ्याक्ट चेक गर्ने सञ्‍चारमाध्यम अल्ट न्युजका सहसंस्थापकसमेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक मोहम्मद जुबैरलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

नयाँ दिल्ली- भारतीय फ्याक्ट चेक गर्ने सञ्‍चारमाध्यम अल्ट न्युजका सहसंस्थापकसमेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक मोहम्मद जुबैरलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ। 

दिल्ली प्रहरीका तर्फबाट पब्लिक प्रोसिक्युटर अतुल श्रीवास्तवले जुबैरका लागि १४ दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेका थिए। त्यसैगरी जुबैरका तर्फबाट काम गरिरहेकी वकिल वृन्दा ग्रोवरले जमानतमा छोड्नुपर्ने अपिल गरेकी थिइन्। उक्त अपिललाई दिल्ली अदालतले खारेज गर्दै १४ दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। 

सरकारी वकिल श्रीवास्तवले अनुसन्धानका क्रममा केही नयाँ तथ्यहरु सार्वजनिक भएकोले थप अनुसन्धानका लागि समय माग गरेका थिए। प्रहरीले उनको ल्यापटप र अन्य केही उपकरणहरु जफत गरेर अनुसन्धान थालेको छ। 

भारतीय प्रहरीले २८ जुनमा जुबिरलाई हिन्दु धर्मको अपमान गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ। उनलाई पक्राउ गरेपछि विपक्षी दल तथा पत्रकारहरुले भने सरकारको आलोचना गरेका थिए। जुबैरको पक्राउले मोदी नेतृत्वको सरकार 'हिन्दु-राष्ट्रवादी' सरकार भएको पुष्टि भएको विपक्षीहरुको आरोप छ। 

जुबिरले यसअघि ट्विटरमा भारतीय जनता पार्टीका प्रवक्ताले एक टेलिभिजन अन्तर्वार्तामा प्रोफेट मोहम्मदको अपमान गरेको भन्दै टिप्पणी गरेका थिए। उनको ट्विट विभिन्‍न मुलुकमा शेयर गरिएको थियो। पछिल्लो साता हिन्दुवादीहरुले उनको कमेन्टप्रति ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धार्मिक भावनामाथि चोट पुगेकोले छानबिन गर्न माग गरेका थिए। 

kumari

उनले सन् २०१७ मा पूर्व-इन्जिनियर प्रतिक सिन्हासँग मिलेर फ्याक्ट चेकिङ वेबसाइट अल्टन्युज सुरु गरेका थिए। पत्रकारहरुले उनको तत्काल रिहाइको माग गरिरहेका छन्। 

प्रकाशित: Jul 02, 2022| 15:51 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।