यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशीक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार चार बुँदे सहमति समेत भएको छ।
स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो।
२४ जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ। नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ। यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको...
अफगानिस्तानमा मानव अधिकारको अनुगमन बारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन "अत्यधिक बल प्रयोग" गरिएका घटनाको निन्दा गरेका छन्। उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका...
आर्मेनियाको राजधानी येराभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ। विस्फोटमा १७ जना अझै बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले सोमबार जनाएको छ।
सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले साउनको अन्तिम सोमबार गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्।
लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो।
नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ। उद्योग परिसंघले पत्रकार सम्मेलन गर्दै आगामी भदौ २३ र २४...
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन्।
संघीय संसद्को दुबै सदनले पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकोबारे मंगलबार प्रतिनिधि सभालाई जानकारी गराइने भएको छ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आज उहाँले देशैभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको स्वीकार गर्दै व्यवस्थापकीय सुधारमा प्रयत्नशील रहेको बताए।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (बन्दी)ले पीडितको माग सम्बोधन गरी संक्रमणकालीन न्याय प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।