सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभाका अध्यक्ष भन्छन्- राम्रो काम गर्न सके सङ्घीयता विरोधी आवाज मत्थर हुँदै जान्छ

राष्ट्रिय सभाका अध्यक्ष भन्छन्- राम्रो काम गर्न सके सङ्घीयता विरोधी आवाज मत्थर हुँदै जान्छ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन्। 

National life

राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज सुर्खेतमा आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सङ्घीयता पक्षधरहरुले व्यवहारमा राम्रो काम गर्न सकेमात्र विरोधी आवाज मत्थर हुँदै जाने बताए। संघीयता ठीक छ भन्ने कुरा व्यवहारमा काम गरेर देखाउन आवश्यक रहेको बताउँदै उनले भने, 'संघीयता चाहिँदैन भन्नेहरुको मुख बन्द गर्नका लागि पनि उत्कृष्ट काम गरेर देखाउनैपर्छ।'

अध्यक्ष तिमिल्सेनाले जनतालाई सुशासन, सेवा प्रवाहमा सहजता, विकास र समृद्धिको मार्गमा अघि बढ्न सकिएमा नै सङ्घीय व्यवस्था सफल हुने विचार व्यक्त गरे। संघीयताको जग स्थानीय तह भएकाले त्यसलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो। 'जग बलियो नहुँदासम्म घर बलियो हुँदैन, सङ्घीयताको जग स्थानीय तह हो,' उनले भने, 'स्थानीय तहलाई बलियो बनाउँदा देश बलियो बन्छ।'

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाहीले सङ्घीयता भनेकै प्रदेश तह भएको बताए। 'हिजोको एकात्मक व्यवस्थामा पनि सङ्घ (केन्द्र) र स्थानीय तह थिए,' उनले भने, 'प्रदेशलाई बलियो नबनाउँदासम्म सङ्घीयता बलियो हुँदैन।' उनले अहिलेको मुख्यमन्त्रीभन्दा त्यो बेलाको जिल्ला विकास समितिको सभापति धेरै शक्तिशाली भएको टिप्पणी गरे। 

मुख्यमन्त्री शाहीले भने, 'संघीयतामा जाने तर प्रदेशलाई अधिकार नदिइँदा समस्या भएको छ, संविधानमा लेखिएका अधिकारका कुराहरु पनि कार्यान्वयन गर्न पाएका छैनौँ, प्रदेशलाई अधिकार दिन नखोजिएको हो भने यसलाई अहिले नै खारेज गर्दा हुन्छ।'

Shivam cement

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरु, विभिन्न स्थानीय तहका प्रमुख÷उपप्रमुख, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रकाशित: Aug 15, 2022| 22:25 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...