शनिबार, जेठ २, २०८३

लागुऔषध मुद्दामा फरार रहेकी महिला पक्राउ

लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

National life

भादगाउँ-  लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ रहेकी छिन्। श्रेष्ठलाई लागुऔषध गाँजा मुद्दामा भक्तपुर जिल्ला अदालतले गत वैशाख ४ गते एक वर्ष एक महिना कैद र रु छ हजार जरिवानाको फैसला गरेको थियो। फैसला लगत्तै श्रेष्ठ फरार भएकी थिइन्। 

पक्राउ लगत्तै प्रहरीले श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं पठाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

प्रकाशित: Aug 15, 2022| 23:15 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।