शनिबार, जेठ २, २०८३

२४ जिल्लामा शतप्रतिशत रोपाइँ

२४ जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ। नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ। यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो। कर्णाली प्रदेशमा १० जिल्ला छन्।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- यसवर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रूपमा सकिएको छ। नेपालमा हिमाल पारीका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा रोपाइँ सकिएको छ। २४ जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ। नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ। यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो। कर्णाली प्रदेशमा १० जिल्ला छन्। 

National life

उक्त प्रदेशका जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र जाजरकोटमा सतप्रतिशत रोपाइँ भएको छ। नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो। त्यहाँ यस वर्ष ८४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भए पनि  ८७ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्नसकिन्छ। संसारको सवैभन्दा उच्चस्थानमा धानखेती हुने जुम्ला जिल्लाको छुमचौर हो। सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपार जोन घोषणा गरेको छ।

कर्णाली प्रदेशमा ९९ प्रतिशत  रोपाइँ हुँदा ३८ हजार तीनसय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। कूल ३८ हजार ८८६ हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिने  कर्णालीलाई सुख्खा प्रदेश भनिन्छ। तर, यसवर्ष समयमा वर्षा भएकाले कर्णाली भोकमरीको चपेटामा नपर्ने संकेत देखिन्छ। नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व छ। धानको उत्पादन बृद्धि हुदा अर्थतन्त्र बलियो हुन्छ भने उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ। उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ। कृषि क्षेत्रको उत्पादनमा  धानको योगदान १२ प्रतिशत  छ। 

यसवर्ष प्रदेश १ को सोलुखुम्बु, ओखलढुङ्गा, वाग्मती प्रदेशको धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, वाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको बर्दिया, र सुदूरपश्चिम क्षेत्रको दार्चुला, बझाङ, बाजुरा र कञ्चनपुरमा सतप्रतिशत रोपाइँ भएको छ।

जेठ १५ देखि नै मनसुन सक्रिय भई समयमा रोपाइँ भएकाले यसवर्ष धेरै किसान खुसी देखिएका छन्। मौसमले साथ दिएपनि अझैसम्म केही किसानले  रासायनिक मल भने पाउन सकेका छैनन्। 

गतवर्षको यसै अवधिमा ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो। गत वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो तर यसवर्ष सोही अवधिमा १४ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। गत वर्षभन्दा यसवर्ष ७४ हजार ३१२ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ।। नेपालमा झन्डै १६ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ। यसवर्ष कर्णाली प्रदेश र सुदूर पश्चिममा ९९ प्रतिशत, लुम्बिनीमा ९०, वाग्मतीमा ९७, मधेश प्रदेशमा ९३ र प्रदेश १ मा पनि ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। 

आव २०६०/०६१ देखि २०७८/०७९ सम्मको तथ्यांकलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा निर्भर देखिन्छ। जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकूल नभएका बखत धानको उत्पादन घटेको पाइन्छ। 

संसारका आधा जनसंख्याको मुख्य खाना चामल हो। एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र  खपत हुन्छ। संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो। विश्वका ७८ भन्दा बढी देशमा  आठ सय ६४ थरीका धानका बीऊ सिफारिस भएका छन्। नेपालमा ८६ उन्नत  र सात  रैथाने जातको बीऊबाट उत्पादन गरिदै आएको छ।   -रासस

प्रकाशित: Aug 16, 2022| 06:00 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।