सोमबार, जेठ २५, २०८३

‘डान्स कप'को उपाधि रेनुकालाई, प्रवीणले जिते 'भ्वाइस कप'

अमेरिकाको कोलम्बस सहरमा आयोजना भएको प्रतियोगितकाको फाइनलमा विजेता भएसँगै उनले ताज र १० हजार डलरका साथै टोयोटा र्‍याभ फोर गाडी प्राप्त गरेकी छिन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- ‘मेरो डान्स कप यूएसए-४ को उपाधि रेनुका राईले जितेकी छन्। अमेरिकाको कोलम्बस सहरमा आयोजना भएको प्रतियोगितकाको फाइनलमा विजेता भएसँगै उनले ताज र १० हजार डलरका साथै टोयोटा र्‍याभ फोर गाडी प्राप्त गरेकी छिन्।

National life

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले 'मेरो भ्वाइस कप-२' पनि आयोजना गरेको थियो। उनले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन्।

उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरी सेमिफाइनलसम्मका प्रतिस्पर्धा नेपालमा आयोजना भएका थिए। नेपालमा सेमिफाइनल सकेर दुवै रियालिटी शोको युनिट अमेरिका फर्किएका थिए। 

‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल भएकी छन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छिन्। ‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि सितल शर्माले जितेकी छिन्।

‘मेरो भ्वाइस कप'का विजेतालाई आयोजक इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए। यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँइले पुरस्कार प्रदान गरेका थिए।

Shivam cement

दर्शकहरुको भोटिङका आधारमा विजेता छनोट गरिएको हो। फाइनल कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायकहरु नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाललगायतले आफ्नो प्स्तुति दिएर दर्शकलाई नचाएका थिए। यस्तै, कार्यक्रममा कलाकारहरु साराङ्गा श्रेष्ठ, दिलिप रायमाझी र केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए।

यो शोमा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपालीभाषीहरुले प्रतिस्पर्धा गरेका थिए। इन्ट्रा फाउन्डेसनले आउँदो वर्षदेखि ‘मेरो डान्स यूनिभर्स र मेरो भ्वाइस यूनिभर्स’को आयोजना गर्दैछ। ती दुवै विश्वभर छरिएर रहेका नेपालीले भाग लिन सक्ने आयोजकले जानकारी दिएको छ। 

प्रकाशित: Aug 15, 2022| 22:28 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।