शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल उद्योग परिसंघले भदौ २३ र २४ मा पूर्वाधार सम्मेलन गर्दै

नेपाल उद्योग परिसंघले भदौ २३ र २४ मा पूर्वाधार सम्मेलन गर्दै

नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ। उद्योग परिसंघले पत्रकार सम्मेलन गर्दै आगामी भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ। उद्योग परिसंघले पत्रकार सम्मेलन गर्दै आगामी भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो।

परिसंघले पूर्वाधार सम्मेलनमार्फत नेपालको पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्ने, उत्थानशील पूर्वाधारका परियोजनाहरुलाई प्राथमिकता दिने उद्देश्य रहेको बताएको छ। पत्रकार सम्मेलनमा बोल्दै उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले विगतमा आयोजना भएका सम्मेलन नीति निर्मातालाई पूर्वाधार विकासको महत्व बुझाउन सफल भएको बताए।

उनले पूर्वाधार विकासको लागि परिसंघले धेरै मत्वपूर्ण काम गर्दै आएको बताए। अध्यक्ष अग्रवालले सरकारले सार्वजनिक निजी साझेदारीको लागि कानून बनाउने क्रममा रहेको बताए। उनले परिसंघको अवधारणाबाट पूर्वाधार विकास बैंक स्थापना भएको बताए।

अध्यक्ष अग्रवालले तीन वटै तहका सरकारले पूर्वाधारका क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। उनले विगतमा परिसंघले आयोजना गरेको सम्मेलनले पूर्वाधार विकासका क्षेत्रमा सकारात्मक योगदान दिएको भन्दै यो वर्ष पनि निरन्तरता दिइएको बताए। 

उनले सम्मेलनमा भारत सरकारको परिवहन राज्यमन्त्री विजयकुमार सिंह समेत सहभागी हुन लागेको बताए। अध्यक्ष अग्रवाल नेपालको पूर्वाधार विकासका क्षेत्रमा ठूलो अवसर भएको बताए। उनले सम्मेलनमा पूर्वाधार निर्माणमा देखिएका समस्या र अवसरमाथि पनि छलफल हुने पनि बताए। 

विष्णुकुमार अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ पूर्वाधार सम्मेलनमा एशियाली विकास बैंकका उपाध्यक्ष र विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको समेत सहभागिता रहने जनाएको छ। सम्मेलनको नारा ‘विकासका लागि पूर्वाधार’ तय गरेको छ। 

सम्मेलनमा लगानी बोर्ड नेपालले अध्ययन गरेका आयोजना समेत राखिने छन्। सम्मेलनमा १ हजार जना सहभागी हुने परिसंघले अपेक्षा गरेको छ। कार्यक्रमको सहआयोजकमा लगानी बोर्ड नेपाल र युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर रहेका छन्।


प्रकाशित: Aug 15, 2022| 22:50 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्