सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं १ मा नेकपा एस, २ मा माओवादी र ३ मा नेपाली कांग्रेसलाई भाग परेको छ।
सुदूरपश्चिम प्रदेशमा बुधबारदेखि मनसुनी वर्षा जारी छ। पाँच दिनदेखिको निरन्तर वर्षाका कारण कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्र डुवानमा परेका छन्। धान भित्र्याउने समयमा परेको वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको...
नेकपा एमालेका नेता योगेन्द्र शाहीले पार्टी परित्याग गरेका छन्। प्रदेश सभा सदस्य निर्वाचन लड्न उम्मेदवारमा सिफारिस भएर पनि टिकट नपाएपछि शाहीले पार्टी परित्याग गरेका हुन्।
सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न भागमा आज पनि भारी वर्षा हुने भएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र केही स्थानमा भारी वर्षा भइरहेको छ।
अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन्। मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरु बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किरहेका हुन्।
पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गरेका हुन्।