काठमाडौं- काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन्।
उपत्यकाका विभिन्न ठाउँमा मंगलबार गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लंघन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन्।
तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन्। नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो।
पछिल्लो केही समयदेखि ट्राफिक प्रहरीले विद्यार्थी लक्षित सवारी साधन जाँच अभियान चलाउँदै आएको छ भने नियम उल्लंघनविरुद्धको कारबाही पनि अभियानकै रूपमा अघि बढाएको छ।