बुधबार, फागुन २०, २०८२

मंकीपक्स सङ्क्रमण घट्ने संकेत देखिए : डब्लूएचओ

विश्व स्वास्थ्य सङ्गठनले युरोपमा मंकीपक्स सङ्क्रमणको घटना घट्दोक्रमा रहेको र "सही दिशामा" अघि बढिरहेको भन्दै यसले नियन्त्रणका निम्ति "उत्साहजनक" संकेतहरू देखिएको जनाएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं-  विश्व स्वास्थ्य सङ्गठनले युरोपमा मंकीपक्स सङ्क्रमणको घटना घट्दोक्रमा रहेको र "सही दिशामा" अघि बढिरहेको  भन्दै यसले नियन्त्रणका निम्ति "उत्साहजनक" संकेतहरू देखिएको जनाएको छ। 

'फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशहरूमा प्रकोप सुस्त हुनसक्ने प्रमाणका रूपमा प्रारम्भिक सङ्केतहरू देखिएका छन् जुन उत्साहजनक छन्,' युरोपका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रिया सो धारण राखेका छन्।' 'यो सही दिशामा गइरहेको छ,' उनले थपे।

यद्यपि, "हाम्रो क्षेत्रमा उन्मूलन तर्फ अघि बढ्नको लागि हामीले तुरुन्तै हाम्रो प्रयासलाई  दोब्बर  बनाउनु पर्छ," उनले  बताएका छन्। 

रुस र मध्य एशियाका देशहरू समेत गरी डब्ल्यूएचओ युरोप क्षेत्रका ५३ देशहरू मध्ये ४३ देशहरूमा २२,००० भन्दा बढी मंकीपक्सका घटनाहरू दर्ता भएका छन् जुन विश्वभरका केसहरूको एक तिहाइ भन्दा बढी हो।

गत हप्ता डब्ल्युएचओले लगातार चार हप्ताको बृद्धि पछि विश्वव्यापी नयाँ केसहरूमा २१ प्रतिशत गिरावट आएको रिपोर्ट गर्यो।

kumari

युरोपमा भाइरसको फैलावट नियन्त्रणका निम्ति डब्ल्यूएचओले देशहरूलाई निगरानी, लक्षित खोपहरू, सम्पर्क केसहरूको पहिचान र पुरुष समलिङ्गी समुदाय लगायतसँग  नियन्त्रणका उपायहरू जारी राख्न आग्रह गरेको थियो।

क्लुगेले पोर्चुगलको उदाहरण उद्धृत गर्दै "पूर्ण खोप अभियानको अभावमा, व्यवहार परिवर्तन र समुदायहरूसँग संलग्नता मार्फत वृद्धिलाई रोक्न व्यवस्थित  कार्ययोजना बनाउन आग्रह गरेका छन्।

प्रकाशित: Aug 31, 2022| 00:00 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।