शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेसको 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' योजना सार्वजनिक

सिटी एक्सप्रेसको 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड २०७९ सालको दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिन सम्म चल्ने 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' उपहार योजना घोषणा गरेको छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड २०७९ सालको दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिन सम्म चल्ने 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' उपहार योजना घोषणा गरेको छ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत 'लक्की ड्र' मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्शाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ।

कम्पनीका अनुसार यो अफर भदौ १५ गतेदेखि कात्तिक १५ गते सम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने बताइएको छ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Aug 30, 2022| 19:56 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्