बुधबार, जेठ २७, २०८३

डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ

मंगलबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवा खरिदमा हुने भुक्तानीमा डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९
National life
Shivam cement

काठमाडौं– केन्द्रीय बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ। मंगलबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवा खरिदमा हुने भुक्तानीमा डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले वायर ट्रान्सफर, बिमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी लगायतमा डलर कार्डमार्फत कारोबार गर्न नपाइने व्यवस्था गरेको छ। यसैगरी, क्यासिनोमा जुवा खेल्दा र घोडा तथा कुकुर दौड लगायतमा पनि डलर कार्डमार्फत भुक्तानी गर्न पाइँदैन। राष्ट्र बैंकले डलर कार्डमार्फत भुक्तानीमा सर्त पनि राखेको छ।

डलर कार्डबाट नचाहिने वस्तु तथा सेवासमेत खरिद हुन थालेको भन्दै केन्द्रीय बैंकले थप शर्तहरु राखेको छ। यसअघि अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि राष्ट्र बैंकले ५०० डलर बराबरको प्रिपेड कार्ड जारी गर्न वाणिज्य बैंक र विकास बैंकलाई स्वीकृति दिएको थियो।

प्रकाशित: Aug 30, 2022| 20:45 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्