बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीको पक्षमा माहोल बनाउन काठमाडौं-३ मा कुलमान अघि सार्दै प्रचण्ड!

माओवादीको पक्षमा माहोल बनाउन काठमाडौं-३ मा कुलमान अघि सार्दै प्रचण्ड!

नेपालमा लोडसेडिङ अन्त्य गराएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन लडाउने योजना बनाएका छन्।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- 'निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो। बालेनले के जित्यो, सेन्टिमेन्टले जित्यो। हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं। सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ, मेरो पनि,' माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिएको अभिव्यक्ति हो, यो। 

National life

नेपाली राजनीतिमा अस्थिर तर चुतर खेलाडीको परिचय बनाएका प्रचण्डको यो अभिव्यक्तिको अर्थको खोजी भइरहेको छ। काठमाडौं महानगरका मेयर बालेन शाहको लोकप्रियताको ग्राफ बढिरहेका बेला आएको प्रचण्ड अभिव्यक्तिको साइनो कुलमान घिसिङसँग जोडिएको छ।  

स्थानीय तहको निर्वाचनमा नसोचेको परिणाम ल्याएका शाह पछिल्लो समय अवैधानिक संरचना हटाउने अभियानका कारण चर्चामा छन्। प्रचण्डले सोच्दै नसोचेको मान्छेलाई चुनाव लडाउने अभिव्यक्तिलाई धेरैले गम्भीररुपमा लिएनन्। किनकी प्रचण्ड राजनीतिक दाउपेच खेल्दा कतिपय अवस्थामा भावुक अभिव्यक्ति दिने गर्छन्। त्यस्ता अभिव्यक्तिको न अर्थ हुन्छ न साइनो नै। तर, सोमबार प्रचण्डले सोचविचारयुक्त थियो। र राजनीतिमा नेताले गर्ने सोचविचारको खास अर्थ हुन्छ।  

उनले नेपालमा लोडसेडिङ अन्त्य गराएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन लडाउने योजना बनाएका छन्। यसका लागि उनले घिसिङसँग छलफल समेत गरिसकेका छन्। ‘अध्यक्ष कमरेडले सोमबार दिनुभएको अभिव्यक्तिलाई धेरै गम्भीरुपमा लिएनन्। उहाँको अभिव्यक्तिको सारको खोजि पनि गरिएन। हुलुका टिप्पणीकारुपमा धेरैले लिए,’ माओवादी केन्द्रका एक प्रभावशाली नेताले भने, ‘तर, उहाँले घिसिङजीसँग छलफल गरेर नै त्यो अभिव्यक्ति दिनुभएको हो। अब घिसिङ काठमाडौं–३ बाट चुनाव लड्ने सम्भावना बढेको छ।’ 

प्रचण्डले नै घिसिङसँग निरन्तर छलफल गरिहेकोको ती नेताको दाबी छ। घिसिङको लोकप्रियतालाई चुनावमा उपयोग गर्ने नीति प्रचण्डले लिएको देखिन्छ। घिसिङ काठमाडौं ३ मा लोकप्रिय छन्। काठमाडौ–३ मा सत्तासीन नेपाली कांग्रेसबाट बलियो उम्मेदवार छैनन्। 

Shivam cement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यो क्षेत्रमा लड्ने तयारी छन्। एकातर्फ सत्ता गठबन्धनमा काठमाडौ-३ दाबी गर्दा माओवादीले सहजै पाउने स्थिति छ। अर्को तर्फ स्वतन्त्र पार्टीका सभापति लामिछाने र नेकपा एमालेका उम्मेदवारलाई टक्कर दिन सक्ने उपयुक्त पात्र घिसिङ नै भएको बुझाइ प्रचण्डको छ।  

काठमाडौ–३ मा को बलियो? 

०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राई विजयी भएका थिए। राईले १९ हजार १६९ मतसहित जित हासिल गरेका थिए। राईका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार अम्बिका बस्नेतको मत १४ हजार ८ सय ८४ मत ल्याएकी थिइन्। यो क्षेत्रमा काभ्रे, रामेछापलगायतका जिल्लाबाट आएर बसोबास गर्ने मतदाताको बाहुल्यता छ।  

स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने काठमाडौं–३ मा नेपाली कांग्रेस बलियो देखिन्छ। वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेसले  १५ हजार ७९५ मत ल्याएको थियो। यस्तै एमालेले १४ हजार ८७६, माओवादीले १ हजार ७३०, राप्रपा १ हजार ३१४, एस १ हजार ५६ मत पाएका थिए।  काठमाडौं–३ मा गठबन्धनको मत १८ हजार ५८१ हो। जुन घिसिङका लागि सहज अंक गणित हो।


प्रकाशित: Aug 30, 2022| 21:12 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...