शनिबार, मंसिर ६, २०८२

अन्तिम खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

टी–२० शृंखलामा नेपालले आयोजक केन्याविरुद्ध जित निकाल्दै सिरिज ३–२ ले आफ्नो नाममा गरेको छ। केन्याको जिमखाना क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपालले ३४ रनको जित निकाल्दै सिरिज आफ्नो नाममा गरेको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- टी–२० शृंखलामा नेपालले आयोजक केन्याविरुद्ध जित निकाल्दै सिरिज ३–२ ले आफ्नो नाममा गरेको छ। केन्याको जिमखाना क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपालले ३१ रनको जित निकाल्दै सिरिज आफ्नो नाममा गरेको हो।

National life

अन्तिम खेलमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेपछि नेपालले केन्यालाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको थियो। जवाफमा केन्याले २० ओभरमा सात विकेटको क्षतिसँगै १४४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि ओपनिङमा आर्जुन साउँद र ज्ञानेन्द्र मल्लले ६५ रनको साझेदारी गरे। २१ बलमा २९ रन बनाएका अर्जुन भ्रज पटेलको बलबाट आउट भए। उनले चार चौका र एक छक्का प्रहार गरेका छन्।

त्यस्तै, ज्ञानेन्द्रले भने केन्या भ्रमणमा नेपालको तर्फबाट जारी टी २० मा पहिलो अर्धशतक प्रहार गरेका हुन्। उनले ४४ बलमा ५९ रन बनाएका हुन्। पाँच चौका वर्षाएका मल्लले दुई छक्का समेत प्रहार गरे। खेलमा दिपेन्द्र सिंह ऐरी र मल्लले ४० रनको साझेदारी गरे। जहाँ १२ ओभर पाँच बलमा २२ रन बनाएका ऐरी पटेलकै बलमा आउट भएका थिए।

नेपालको लागि ठूलो रन जोड्ने क्रममा रोहित पौडेलले २५ बलमा ४७ रन जोडे। चौथो नम्बरमा ब्याटिङमा आएका रोहितले सात चौका प्रहार गरेर अर्धशतक बनाउन तीन रनले चुके। केन्याका लागि पटेल, नेहिमिहा ओधिअम्बो र शेम एनगाचेले समान २–२ विकेट लिए भने लुकास लोउचले एक विकेट गिराए।

Laxmi sunrise bank
kumari


 

चार खेल सकिँदा सिरिज २–२ को बराबरी अवस्थामा रहेको थियो। पहिलो र तेस्रो खेलमा जित निकाले पनि नेपालले दोस्रो र चौथो खेलमा हार बेहोरेको थियो। त्यसैले सिरिज आफ्नो बनाउन आजको खेलमा जित निकाल्नै पर्ने थियो।

नेपालले सिरिजको पहिलो खेलमा पाँच विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा १८ रनको हार बेहोरेको थियो। त्यस्तै तेस्रो खेलमा चार विकेटको जित निकालेको नेपालले चौथो खेलमा ७ रनको हार बेहोरेको थियो।

अन्तिम खेलमा नेपालका सन्दिप लामिछाने र बसिर अहमदले समान २–२ विकेट लिए भने करण केसी, मोहम्मद आदिल आलम र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट गिराएका थिए। नेपालविरुद्ध केन्याका लागि नेहिमिहाले ३७ रन बनाए भने सेमले ३३ रनको योगदान दिए। त्यस्तै, इरफान करिमले पनि २८ रन बनाएका थिए।

नेपालले टी–२० सिरिजपछि केन्यासँग एक दिवसीय शृंखला पनि खेल्ने योजना रहेको छ।


 

प्रकाशित: Aug 30, 2022| 19:24 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।