बुधबार, जेठ २७, २०८३

रविन्द्र मिश्र भन्छन्- ‘प्रकाश’ नहेरेको भए पछुतो हुने रहेछ

पूर्व सञ्‍चारकर्मी तथा विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष रबिन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ नहेरेको भए आफूलाई पछुतो हुने बताएका छन्।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- पूर्व सञ्‍चारकर्मी तथा विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष रबिन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ नहेरेको भए आफूलाई पछुतो हुने बताएका छन्।

National life

मंगलबार राजधानीको लबिङ मलमा श्रीमति सहित चलचित्र हेरेका मिश्रले सामाजिक सञ्जालमा लामो स्टाटस् हेर्दै ‘प्रकाश’ले आफुलाई रुवाएको उल्लेख गरेका छन्। साथै मिश्रले छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बुबाआमालाई आग्रह समेत गरेका छन्।

मिश्रले अगाडी लेखेका छन्, ‘गरिबि, माओवादी द्वन्द्व, समाज÷शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो – ‘प्रकाश’। लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट सिनेमा उत्कृष्ट छ। राम्रो र शक्तिशाली सिनेमा बनाउन गीत, संगीत, नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो – ‘प्रकाश’। सामान्य विषयवस्तुले कलात्मकरूपमा जिवन्तता पाएको छ। मेरो बुबाले भन्नुहुन्थ्यो, ‘कलामा विषयवस्तु होइन प्रस्तुति प्रधान हुन्छ। प्रकाश नहेरको भए पछुतो हुने रहेछ।’

चलचित्र ‘प्रकाश’लाई दर्शक र समिक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। ‘वर्ड अफ माउथ’मा अब्बल हुँदा मल्टिप्लेक्सहरुमा चलचित्रको शो पनि बढ्दै गएको छ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ। जुम्लामा छायाँकन भएको चलचित्रलाई विकास सुबेदीले लेखेका हुन् भने महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।

Shivam cement

यसैबिच बुधबार साँझ माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले पनि चलचित्र हेर्ने जनाइएको छ।

प्रकाशित: Aug 30, 2022| 22:25 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।