नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २४ पैसा र बिक्री दर १२७...
देशका विभिन्न भागमा आज बिहानैबाट पानी परिरहेको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।
गुजरातको नवभारत साहित्य मन्दिरले भिडियो कन्फरेन्समार्फत अहमदाबादमा आयोजना गरेको पुस्तक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पुस्तक र पाठक शिक्षाका आधारभूत तत्त्व रहेको बताएका छन्।
प्रहरीका अनुसार सेफिर मस्जिद नजिकैको राउन्डअबाउटमा केही मोटरसाइकल चालकहरूले हाते ग्रिनेड प्रहार गरेपछि सात जना घाइते भएको र तीमध्ये तीनजना गम्भीर घाइते रहेको डनले रिपोर्ट गरेको छ।
अल्बानियामा नागरिकलाई आर्थिक सङ्कटबाट राहत होस भन्ने उद्देश्यले तलब भत्तामा वृद्धि गरिएको छ। प्रधानमन्त्री इडि रामाले बिहीबार विषेश प्याकेज घोषणा गर्दै आम नागरिकलाई राहत दिने उल्लेख गरेका हुन्।
अहिले भने पहिलेको कर्णाली निकै फराकिलो र ठूलो बनेको छ। पहिलेको कर्णाली अञ्चल अहिले सोही नामबाट प्रदेश बनेको छ। अहिलेको कर्णालीमा पश्चिम रुकुम, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, हुम्ला, डोल्पा, जुम्ला,...
नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा आर्थिक कूटनीति’ सम्बन्धी अन्तर्क्रियामा उनीहरुले अनुभवी व्यक्ति नियोगमा नियुक्त भएमा मात्र आर्थिक कूटनीतिका सम्बन्धमा धेरै कार्य गर्न सकिने धारणा व्यक्त...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ वनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या...
बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ। एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा सहभागी वक्ताहरूले कनेक्टिभिटी, ऊर्जा, कृषि र पर्यटकीय उत्पादन निर्यातका लागि जोड दिन आवश्यक रहेको जनाएका छन्।