बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मर्चवारबासीलाई सडकको सास्ती

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ वनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या जटिल बन्दै गएको कांग्रेस क्षेत्रीय सभापति मुकेश यादवले बताए।
 |  बिहीबार, भदौ २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

लुम्बिनी- साथीको जन्मदिनको पार्टीमा सरिक हुन भैरहवा जाँदै गरेका सम्मरीमाई–३ पिपरहवाका अरूणकुमार सहानी मायादेवी–७ वनगाईबाट घर फर्किनुपर्‍यो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले अधिग्रहण गरिराखेको मर्चवारको मुख्य बाटोमा उनी चिप्लिएर हिलाम्मे भई फर्किनुपर्दा पार्टीमा सहभागी हुन पाएनन्।

triton college

सम्मरीमाई–७ बस्ने अरविन्द लोधको व्यथा पनि उस्तै छ। विसं २०७८ असारमा वडा नं ३ भटौली जान निस्किएका उनको मोटरसाइकल सम्मरीमाई–५ थुम्हवास्थित मुख्य बाटोमा बन्द भयो। दानव नदीको बाढी पानीले नदेखिने बनाएको सडक खाल्डोमा मोटरसाइकल स्टार्ट बन्द हुँदा इञ्जिनमा पानी पसेर बिग्रियो। छोरीको आँखा उपचारका लागि रण अम्बिका आँखा अस्पताल भैरहवा जाँदा मर्चवारी–३ का दिर्‍यो। 

अरूण, अरविन्द र दिलीप त प्रतिनिधि पात्र मात्र हुन्। त्यहाँ समस्या न झेलेकाहरू भेट्न गाह्रो छ। जिल्लाको सदरमुकाम जोड्ने एकमात्र सडकको अवस्था जीर्ण भएपछि सर्वसाधारणको आवतजावतमा समस्या थपिएको छ।  केही वर्षअघि गरिएको कालोपत्र फुटेर दर्जनभन्दा बढी ठाउँमा खाल्टाखुल्टी परेका छन्। अरूणले भने, 'भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यात्रा गर्नुपर्ने बाध्यता छ।'

दिलीपले सडकमा रहेको खाल्टोकै कारण दुर्घटनामा पर्दा दाहिने हात भाँचिएको सुनाए। हिलो र धुलो नेपाली सडकको पहिचान नै हो। रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार र लुम्बिनीको दुरावस्था पनि भिन्न छैन। सडक ठाउँठाउँमा टुटेका र भत्केका छन्। खाल्टाखुल्टी परेको सडक मर्मतसम्भारको अभावमा मर्चवारवासी सास्ती खेप्न बाध्य छन्। यात्रा गर्दा दर्जनौँले दुर्घटना भोगेका छन्, कैयौँको पोशाकमा हिलो छ्यापिएको छ।  हल्का पानी पर्दा सडकमा ताल खेलेको जस्तो देखिन्छ।  

खाल्टाखुल्टी र भत्किएका सडकका कारण सवारी यात्रा कष्टप्रद छ। 'यात्रुहरूले ठूलै जोखिम मोलेर यात्रा गरिरहनुपरेको छ,' सम्मरीमाई–६ का अवधेश विश्वकर्मा भन्नुहुन्छ।  उहाँका अनुसार मुलुकमा धेरै राजनीतिक परिवर्तन भए पनि विकासमा खासै परिर्वतन हुन सकेको छैन। उनी भन्छन्, 'व्यवस्था फेरियो तर मुहार फेरिएन।'

Metro Mart
vianet

तीन गाउँपालिकासहित मायादेवीको वडा नं ५, ६ र ७ जोडिएको यो क्षेत्रमा एउटा मात्र प्राथमिक स्वास्थ्य केन्द्र छ। तर विशेषज्ञ चिकित्सक कमै मात्र बस्छन्। यो क्षेत्रका १५ स्वास्थ्यचौकी र पाँच आधारभूत स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी सेवा दिन सकेका छैनन्। आकस्मिक घटना–दुर्घटना निम्तिए खाल्टाखुल्टी सडककै कारण सदरमुकाम भैरहवास्थित सुविधासम्पन्न अस्पताल पुर्‍याउन ढिलो हुन्छ।  झन्डै दुई सय वर्ग किमी क्षेत्रफलमा फैलिएको मर्चवारमा सवा लाखभन्दा बढी मानिसको बसोबास छ।  

यो क्षेत्रले विसं २०१४ साउन ११ देखि कात्तिक १४ सम्म डा केआइसिंहलाई प्रतिनिधिका रूपमा प्रधानमन्त्री, त्यसपछि दीपक बोहरा, निरञ्जन थापा र सर्वेन्द्रनाथ शुक्ललाई विभिन्‍न महत्वपूर्ण मन्त्रीका रूपमा पटकपटक पाएको छ।  यसै क्षेत्रबाट चुनाव जितेर प्रदेशसभा सदस्य भएका वसिउद्दीन खाँ अहिले लुम्बिनी प्रदेश सरकारको मन्त्री भएका छन्। 

'पानी परे हिलोको असर, न परे धुलोको असर।  बोल्नेले नबोलिदिएपछि, सडक बनाउनेले नबनाइदिएपछि मर्चवारवासी त्यहीँ भासिए, बिग्रिएको हिलाम्मे र धुलाम्मे हुने खाल्टाखुल्टी भएको सडकमा हिँड्न बाध्य छन्,' समाजसेवी कन्हैया बनियाँले भने, 'लुम्बिनी प्रदेशमै अन्नको भकारी भनेर चिनिने मर्चवार क्षेत्रमा न राम्रो सडक छ, न सुविधासम्पन्न अस्पताल, न त भरपर्दो बिजुली पानीको व्यवस्था।'

सडक पूर्वाधार भरपर्दो नभएकै कारण सुगम जिल्लाको मर्चवार क्षेत्र दुर्गम भएको भन्दै सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मी भन्छन्, 'सडकको हालत उस्तै रहिरहनुमा यस क्षेत्रबाट जो जो गाउँपालिका अध्यक्ष, सांसद र मन्त्री बन्नुभयो।  उहाँहरूकै कमजोरी हो।  सडक नेताहरूको प्राथमिकतामा परेकै छैन।' यस क्षेत्रबाट चुनिएका जनप्रतिनिधिको उदासीनताका कारण सडक स्तरोन्नति नभएको उनको भनाइ छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ वनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या जटिल बन्दै गएको कांग्रेस क्षेत्रीय सभापति मुकेश यादवले बताए। उनले भने, 'बेथरी–खैरा फोरलेन सडक विस्तारका क्रममा छ, निर्माण सम्पन्न भएपछि मर्चवारमा पनि विकास देखिने निश्चित छ।'

लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री एवं रूपन्देहीको निर्वाचन क्षेत्र नं ४ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य वसिउद्दीन खाँले भने, 'भर्खरमात्र मन्त्री बनेको हुँ, मर्चवारमा शिक्षा, सडक र सिँचाइलगायत भौतिक पूर्वाधार क्षेत्रमा आधा अर्बभन्दा बढी बजेट पनि मेरै पालामा प्रदेश सरकारमार्फत विनियोजन भएको छ।' अगामी दिनमा मर्चवारको विकासका लागि प्रतिबद्ध रही पर्याप्त बजेट विनियोजन गर्ने उनले बताए।  

उनले भने, 'रमवापुर–दुइमोहान सडक स्तरोन्नतिका लागि रु १६ करोड छुट्याइएको छ भने भुँवरी–दुइमोहान जोड्न तिनाउ नदीमा पुल निर्माणका लागि रु २२ करोड तथा अन्य भित्री सडक तथा पुल निर्माणका लागि करिब रु १५ करोड बजेट विनियोजन भएको छ।'

मर्चवार आदर्श बहुमुखी क्याम्पसका लागि रु ७३ लाख छुट्याइएको मन्त्री खाँले बताए। अन्य विभिन्न योजना निर्माणका लागि पनि बजेट निकासा भएको बताउँदै उनले भने, 'अब मर्चवारको विकासले कोल्टे फेर्ने निश्चत छ।'

प्रकाशित: Sep 08, 2022| 22:35 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।