आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रुबी साह हत्या प्रकरणका मुख्य आरोपी शरीर जलेको अवस्थामा पक्राउ

रुबी साह हत्या प्रकरणका मुख्य आरोपी शरीर जलेको अवस्थामा पक्राउ

 |  बुधबार, भदौ ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ११, २०८२

रौतहट- रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।

पासवानले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका हुन्।

उनलाई माधवनारायण नगरपालिका-६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको हो।

उनका टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरी स्रोतले जनाएको छ। हाल उनको अवस्था गम्भीर भए पनि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।

प्रकाशित: Aug 27, 2025| 11:43 बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्