शुक्रबार, जेठ १, २०८३

निर्वाचन खर्चको विषयमा निर्णय झिकाउने आदेश

सर्वोच्च अदालतले निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने विषयमा भएका निर्णय झिकाउने आदेश गरेको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने विषयमा भएका निर्णय झिकाउने आदेश गरेको छ।

National life

न्यायाधीश कुमार रेग्मीको इजलासले आज खर्चको सम्बन्धमा हद तोक्ने निर्णयको प्रतिलिपि लिई छलफलका लागि आउन आदेश गरेको हो।

आदेशमा भनिएको छ, 'निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताका लागि राजनीतिक दल र उम्मेदवारहरुले गर्ने निर्वाचन खर्चको महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचन ऐन, २०७३ को दफा २४ ले आयोगको निर्वाचनको खर्च हद तोक्ने छ भन्ने बाध्यात्मक व्यवस्था गरेको छ।'

आदेशमा उक्त विषयमा दुवै पक्षलाई छलफलका लागि यही भदौ २७ गते बोलाउने तय गर्दै आदेशमा भनिएको छ, 'आयोगबाट आवश्यक कार्य नभएको भन्नेसमेत प्रश्न उठाइएको हुँदा निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेवारहरुले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने के कस्ता निर्णय भएका छन् सोको प्रमाणित प्रतिलिपि लिई छलफलमा उपस्थिति हुनु।'

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविरुद्ध अधिवक्ता कीर्तिनाथ शर्माले दायर गरेको रिट निवेदनमा अदाललते दुवै पक्षलाई लिखित जवाफसमेत माग गरेको छ। निर्वाचन आयोगले यही भदौ १३ गते जारी गरेको आचारसंहितामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा उक्त आदेश भएको हो।  

प्रकाशित: Sep 08, 2022| 21:31 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।