शुक्रबार, जेठ १, २०८३

प्रदेश राजधानीकै नागरिकलाई खानेपानीका दुःख

अहिले भने पहिलेको कर्णाली निकै फराकिलो र ठूलो बनेको छ। पहिलेको कर्णाली अञ्चल अहिले सोही नामबाट प्रदेश बनेको छ। अहिलेको कर्णालीमा पश्चिम रुकुम, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालीकोट गरी नौ जिल्ला समेटिएका छन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

सुर्खेत- ‘कर्णाली’ शब्द सुन्दा अहिले पनि दुर्गम लाग्छ।  पहिलेको कर्णाली अञ्चल पाँच जिल्लामा मात्रै सीमित थियो।  पहिलेको कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालीकोट अहिले पनि दुर्गम जिल्लाकै गणनामा पर्छन्।  

National life

अहिले भने पहिलेको कर्णाली निकै फराकिलो र ठूलो बनेको छ। पहिलेको कर्णाली अञ्चल अहिले सोही नामबाट प्रदेश बनेको छ। अहिलेको कर्णालीमा पश्चिम रुकुम, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालीकोट गरी नौ जिल्ला समेटिएका छन्।  

पहिलेको कर्णालीबाहेकका केही जिल्ला सुगममा पर्छन् भने प्रदेश राजधानी रहेको सुर्खेत अति सुगम जिल्लामा पर्छ।  सङ्घीयता कार्यान्वयनसँगै सुगम जिल्ला सुर्खेतको वीरेन्द्रनगर नौ जिल्लाको प्रदेश राजधानी बन्यो।  वीरेन्द्रनगर नगरपालिकाभित्रकै केही वडाका नागरिकको जीवनशैली भने अति दुर्गम क्षेत्रका नागरिकको भन्दा कम छैन। 

गाउँमा बस्ने नागरिक होस् या सहरमा, जो कोहीले पनि आफ्नो घरमा पानीको धारा, ट्युबवेल या इनारलगायतका स्रोतबाट स्वच्छ खानेपानी प्रयोग गरिरहेकै हुन्छन्। प्रदेश राजधानी रहेको नगरपालिकाकै वडाका बस्तीमा खानेपानी अभाव झेल्नुपरेको छ।  खानेपानीको एउटै स्रोतका रूपमा रहेको इनारमा तीनसय बढी घरधुरी निर्भर हुनुपरेको छ।  

प्रदेश राजधानीको केन्द्र रहेको वीरेन्द्रनगर नगरपालिका–३ का केही बस्तीमा पानीको हाहाकार छ।  वडाका तीन सय घरधुरीले वडा नं ३ को पतेनी बस्तीमा रहेको एउटै इनारको पानी प्रयोग गर्न बाध्य छन्।  

'वडाका छ वटा बस्तीका तीन सय घरधुरीले एउटै इनारको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ,' वीरेन्द्रनगर-३ का वडाध्यक्ष विनोद विष्ट भन्छन्, 'घरायसी प्रयोजनका लागि मात्रै नभएर लुगा धुने र नुहाउनका लागि पनि यही इनारको धारामा भर पर्नुपर्छ।  वडाका नागरिकलाई दशकौँदेखि यही इनारको पानी पिउनुपर्ने बाध्यता छ।'

मूलपानी, तातोपानी, गण्डकी लाइन, पतेनी, इँटाभट्टा र पन्तडाँडाका घरले उक्त इनारको पानी प्रयोग गर्दै आएका छन्। झण्डै तीन हजार ५०० जनसङ्ख्या भएको यस वडामा खानेपानीका अन्य स्रोत नहुँदा समस्या भएको वडाध्यक्ष विष्टले बताए। 

'ट्युबवेल, धारालगायत पिउने पानीका अन्य स्रोत छैनन्।  सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले धारा वितरण गर्न नसक्दा समस्या झेल्नुपरेको छ,' वडाध्यक्ष विष्ट भन्छन्, 'धेरै स्थानीयवासीले इनार खनेपछि पिउनयोग्य पानी आउँदैन।  सय फिट गहिराइसम्म ट्युबवेल खन्दा पनि पानी ननिस्कने र निस्किहाले आइरनयुक्त पानी निस्कँदा पिउनयोग्य हुँदैन।'

वडाध्यक्ष विष्टका अनुसार जसोतसो यही पतेनीमा रहेको इनारको पानी केही हदसम्म पिउन मिल्ने भएकाले यहाँका नागरिकले यही इनारको पानी प्रयोग गर्नुपरेको छ। 'दश वर्ष भयो यही इनारको पानी पिउँदै आए पनि पानीकै दुःखले धेरै वडावासी अन्यत्रै बसाइँसराइ गरेर जान थाल्नुभएको छ,' स्थानीयवासी खेमा कँडेलले भने।

फागुनदेखि असार महिनासम्म धारामा पानी सुक्ने भएकाले राति ३ बजे नै उठेर पानी लिन इनारमा लाइन बस्नुपर्ने बाध्यता रहेको पनि कँडेलले बताए। उनी भन्छन्, 'गर्मीयाम सुरु भएसँगै पाँच महिना त पिउने पानीका लागि निकै दुःख हुन्छ।' इनार जीर्ण अवस्थामा पुगेकाले स्थानीय सरकारले मर्मत तथा संरक्षणका लागि पहल गर्नुपर्ने उनको भनाइ छ। 

त्यसो त वीरेन्द्रनगरको यस वडामा मात्रै नभएर उपत्यकामै पर्याप्त खानेपानी छैन। यहाँ बढ्दो जनसङ्ख्यासँगै खानेपानीको सङ्कट चुलिँदै गएको छ। हिउँदमै पानीको हाहाकार हुन्छ।  

कुनैबेला वीरेन्द्रनगरमा जनसङ्ख्या थोरै थियो। अहिले बढेर झन्डै दुई लाख ८० हजार पुगिसककेको छ।  पहिलेपहिले सुक्खा समयमा मात्र खानेपानीको समस्या हुने उपत्यकामा अहिले बर्सातमै मागअनुसार पानी पुग्दैन। 

वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति गराइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कूलमणि देवकोटाका अनुसार औसतमा प्रतिव्यक्तिले एक सय २० लिटर दैनिक पानी खपत गर्ने हिसाबले उपत्यकामा दैनिक तीन करोड ३६ लाख लिटर पानी आपूर्ति हुनुपर्छ। 

वर्षातका समयमा दैनिक एक करोड २७ लाख लिटर पानी आपूर्ति गर्नसक्ने क्षमताका मात्रै संरचना छन्।  बर्सातमा औसत ४९ लाख लिटर पानी आपूर्ति हुन्छ। 'मौसम प्रतिकूलताका कारण संरचनाको क्षमताअनुसार पानी आपूर्ति हुँदैन, स्रोतमा पनि त्यसैअनुसारको पानी पर्याप्त हुन्छ।  तर पूरै पानी आउनका लागि मौसम अनुकूल हुनुपर्छ,' देवकोटाले भने। 

प्रकाशित: Sep 08, 2022| 23:25 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।