बुधबार, फागुन २०, २०८२

७० वर्ष बेलायतको शासन सम्हालेकी महारानीको निधन

बेलायतको इतिहासमा उनी सबैभन्दा लामो सयम शासन गरेकी महारानी हुन्। उनले ७० वर्ष बेलायतको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

लन्डन- संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। ९६ वर्षीया महारानीको बोलमोरलमा बिहीबार निधन भएको हो। 

बकिंगम दरवारले बिहीबार अबेर जारी गरेको सूचनामा भनिएको छ, 'महारानी एलिजावेथको बोलमोरलमा निधन भएको छ।'

बेलायतको इतिहासमा उनी सबैभन्दा लामो सयम शासन गरेकी महारानी हुन्। उनले ७० वर्ष बेलायतको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्।

बिहीबार नै स्कटिस इस्टेलमा जम्मा भएर स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए।  

सन् १९५२ मा उनी बेलायतको राजगद्दीमा पुगेकी थिइन्। गद्दीबाटै बेलायतको इतिहासमा थुप्रै परिवर्तनको साक्षी भइन्। 

kumari

अब उनका छोरा चार्ल्स देशको नयाँ राजा बन्नेछन्।  

सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो।

उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन्। पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन्। 

दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन्। करिब १२० देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन्। 

१६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनी हजारौं समारोहमा सहभागी भएकी थिइन्। उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन्।

महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन्। उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन्।

राजकुमारहरु विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्टमा फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो। पछि सन् २००५ मा चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका हुन्।

तीन वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गर्दा महारानीले दुःख व्यक्त गरेकी थिइन्। पछि सन् २०२१ को जुनमा पति गुमाएपछि भने उनलाई ‘एक्लोपन’ ले अत्याएको थियो। त्यसको ६ महिनापछि यौन दुर्व्यवहारको आरोपमा छोरा एन्ड्रयुको शाही पदवी खोसिएको थियो।

प्रकाशित: Sep 08, 2022| 23:39 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।