शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई तलामाथिबाट हाम्फालेर भागे अदालत पुर्‍याइएका थुनवा

दुई तलामाथिबाट हाम्फालेर भागे अदालत पुर्‍याइएका थुनवा

म्याद थप्नका लागि दाङ जिल्ला अदालत पुर्‍याइएका एक व्यक्ति भाग्न सफल भएका छन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

दाङ- म्याद थप्नका लागि दाङ जिल्ला अदालत पुर्‍याइएका एक व्यक्ति भाग्न सफल भएका छन्। चोरी आरोपमा पक्राउ परेका उनलाई म्याद थप गर्नका लागि जिल्ला अदालत पुर्‍याएको बेलामा शौचालय जान्छु भनी शौचालयको झ्यालबाट हाम्फालेर भागेको दाङ प्रहरीले जानकारी दिएको छ। 

यसरी भाग्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा छन्। बिहीबार साँझ पाँच बजेतिर उनी जिल्ला अदालतको दुई तला माथिबाट भुइँमा हाम्फालेका थिए। सीसीटीभी फुटेजमा उनी भागेको देखिएको प्रहरीले जानकारी दिएको छ। 

सुनका गहना चोरी गरेको आरोपमा बुधबार उनी पक्राउ परेका थिए। शौचालय जाने बेला विश्वकर्माको हतकडी खोलिएको थियो। फरार विश्वकर्माको खोजीका लागि नाका सिल गरिएको छ।

प्रकाशित: Sep 08, 2022| 22:12 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।