शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुलुक समृद्धिमा प्रभावकारी आर्थिक कूटनीति अवलम्बन गर्नुपर्नेमा जोड

मुलुक समृद्धिमा प्रभावकारी आर्थिक कूटनीति अवलम्बन गर्नुपर्नेमा जोड

नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा आर्थिक कूटनीति’ सम्बन्धी अन्तर्क्रियामा उनीहरुले अनुभवी व्यक्ति नियोगमा नियुक्त भएमा मात्र आर्थिक कूटनीतिका सम्बन्धमा धेरै कार्य गर्न सकिने धारणा व्यक्त गरे।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- विभिन्‍न विषयका जानकारहरुले देश विकासका लागि प्रभावकारी आर्थिक कूटनीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा आर्थिक कूटनीति’ सम्बन्धी अन्तर्क्रियामा उनीहरुले अनुभवी व्यक्ति नियोगमा नियुक्त भएमा मात्र आर्थिक कूटनीतिका सम्बन्धमा धेरै कार्य गर्न सकिने धारणा व्यक्त गरे।

National life

कार्यक्रममा परिषद्का अध्यक्ष हेमन्त खरेलले शीतयुद्धको अन्त्यपछिको घटनाक्रमले विदेश नीतिमा परम्परागत दृष्टिकोणलाई पुनःविचार गर्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा बढ्दो आर्थिक गतिविधिबाट विश्वव्यवस्थामा आएको परिवर्तनले आर्थिक कूटनीतिको आवश्यकता बढाएको बताए।

सन् १९९० मा प्रजातन्त्रको पुनःस्थापनापछि नेपालले परराष्ट्र मन्त्रालय र विदेशमा रहेका नियोगमार्फत आर्थिक कूटनीतिलाई संस्थागत र अभ्यास गर्ने प्रयास गरेको हो। उनले आर्थिक कूटनीतिका प्रमुख विशेषताको खोजी गर्दै नेपालको आर्थिक कूटनीतिक अनुभवलाई पुनरावलोकन गरेर विश्वव्यापीकरणको युगमा देशको विकास र सफलताका लागि परराष्ट्र मन्त्रालयले पुलको सम्बन्धका आधारमा कूटनीति सञ्चालन गरी आपसी सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष खरेलले देशको आर्थिक, राजनीतिक र रणनीतिक हितलाई अगाडि बढाउने औजारका रूपमा आर्थिक कूटनीतिलाई सुदृढ गर्ने रणनीतिमा लाग्नुपर्ने बताउनुभयो।  कूटनीतिक नियोगमा काम गर्ने कूटनीतिज्ञलाई अझ बढी ‘ओरेन्टेसन’ र तालिम दिएमा मात्र आर्थिक कूटनीति प्रभावकारी हुने उनको भनाइ थियो। 

कार्यक्रममा डा. अच्युत वाग्लेले अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रबन्ध व्यवस्थापन गर्ने तरिका, द्विपक्षीयस्तरमा निर्यात र प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धनका लागि गर्नुपर्ने गृहकार्यको आवश्यक तयारी गर्नुपर्ने उल्लेख गरे।  

साथै उनले परराष्ट्र मन्त्रालयद्वारा निर्देशित कूटनीतिक नियोगद्वारा गरिने ठोस कार्य विश्व राजनीतिमा आपसी सम्बन्धको एउटा नमूना आर्थिक कूटनीति रहेकाले आर्थिक कूटनीति प्रयोग गर्दा नीहित स्वार्थभन्दा देशको स्वार्थ सर्वोपरी रहनेगरी प्रयोग गरिनुपर्ने बताए।

प्रा. डा. विपीन अधिकारीले आर्थिक कूटनीतिक प्रयोगमा अन्तर्राष्ट्रिय कानून र नेपालको संवैधानिक र कानूनी पक्ष तथा मान्यताका बारेमा प्रकाश पारेका थिए। उनले आन्तरिक क्षमताको विस्तार तथा कृषि आधुनिकीकरणमार्फत निर्यात वृद्धि भएमा आर्थिक कूटनीति सबल हुने र देश समृद्धितर्फ जाने बताए। 

साथै उनले परराष्ट्र मन्त्रालयले खेल्ने सक्रिय भूमिका र कूटनीतिक नियोगमा सक्षम व्यक्तिको पदस्थापन गर्दा मात्र आर्थिक कूटनीतिले सार्थकता पाउने बताए। विभिन्न क्षेत्रका विज्ञ सहभागी रहेको उक्त कार्यक्रममा अन्य सहभागीले आआफ्ना जिज्ञासा राखेका छन्। 

प्रकाशित: Sep 08, 2022| 23:00 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।