बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पाकिस्तानको क्वेटामा ग्रेनेड आक्रमण, सात जना घाइते

प्रहरीका अनुसार सेफिर मस्जिद नजिकैको राउन्डअबाउटमा केही मोटरसाइकल चालकहरूले हाते ग्रिनेड प्रहार गरेपछि सात जना घाइते भएको र तीमध्ये तीनजना गम्भीर घाइते रहेको डनले रिपोर्ट गरेको छ।
 |  शुक्रबार, भदौ २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

इस्लामावाद- पाकिस्तानको क्वेटाको खुरम-ए-दाद चोकमा अज्ञात मोटरसाइकल चालकहरूले ग्रेनेड प्रहार गर्दा एक महिला र एक नाबालिग बालिका सहित कम्तीमा सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

triton college

प्रहरीका अनुसार सेफिर मस्जिद नजिकैको राउन्डअबाउटमा केही मोटरसाइकल चालकहरूले हाते ग्रिनेड प्रहार गरेपछि सात जना घाइते भएको र तीमध्ये तीनजना गम्भीर घाइते रहेको  डनले रिपोर्ट गरेको छ।

प्रहरी र अन्य कानून प्रवर्तन निकायका कर्मचारीहरू विस्फोटस्थलमा पुगेर घाइतेहरूलाई सिभिल अस्पतालमा लगिएको  बताइएको छ।   आक्रमणकारीहरू भने हालसम्म बेपत्ता छन्। 

'हामीले आक्रमणकारी बारे अनुसन्धान गरिरहेका छौं,' प्रहरी अधिकारीहरूले भनेका छन्।  

डनका अनुसार कलानको इमामबारगाहको सुरक्षा गर्न खुरम-ए-दाद चोकमा फ्रन्टियर कोरको चेक पोस्ट पनि रहेको थियो। पाकिस्तानमा हालैका दिनहरूमा  यस किसिमका  आक्रमण र अराजकताका  थुप्रै  घटनाहरू  सामना गरिरहेको छ। 

Metro Mart
vianet

प्रकाशित: Sep 09, 2022| 00:10 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।