बुधबार, फागुन २०, २०८२

अल्बानिया सरकारद्वारा तलब भत्ता वृद्धि

अल्बानियामा नागरिकलाई आर्थिक सङ्कटबाट राहत होस भन्ने उद्देश्यले तलब भत्तामा वृद्धि गरिएको छ। प्रधानमन्त्री इडि रामाले बिहीबार विषेश प्याकेज घोषणा गर्दै आम नागरिकलाई राहत दिने उल्लेख गरेका हुन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

तिरान- अल्बानियामा नागरिकलाई आर्थिक सङ्कटबाट राहत होस भन्ने उद्देश्यले तलब भत्तामा वृद्धि गरिएको छ। प्रधानमन्त्री इडि रामाले बिहीबार विषेश प्याकेज घोषणा गर्दै आम नागरिकलाई राहत दिने उल्लेख गरेका हुन्।  

विषेश गरेर पछिल्लो समयमा देखिएको मूल्य वृद्धि र उर्जा सङ्कटलाई मध्यनजर गर्दै राहतका कार्यक्रमहरू ल्याइएको उनको भनाई छ। 

अहिले घोषणा गरिएको राहतका प्याकेजहरू अन्तरिमकालका लागि मात्रै भएको पनि उहाँले स्पष्ट पार्नु भएको छ। 

'आम नागरिकमा आर्थिक सङ्कट धेरै देखिएकाले तत्कालका लागि राहत होस भन्ने उद्देश्यले अन्तरिम राहतको प्याकेज घोषणा गरिएको हो,' उनले भनेका छन्। पेन्सन प्रयोग गर्दै आएका जेष्ठ नागरिकहरूलाई भने ९.५ प्रतिशतले वृद्धि गरिएको पनि उनले जानकारी दिए।

अल्बानियामा अहिले छ लाख ७४ हजारभन्दा बढी पेन्सन सेवा पाउने नागरिक रहेका छन्। यस निर्णयबाट उनीहरु र उनीहरूमा आश्रित सदस्यहरू लाभान्वित हुने भएका छन्। सरकारले एकल महिला, उनीहरूका पारिवारिक सदस्य र अपाङ्गता भएकाहरूका लागि पनि राहत प्याकेज ल्याएको छ। 

kumari

सार्वजनिक सेवामा काम गर्दै आएका कर्मचारीहरूको सेवा सुविधामा भने सात प्रतिशत मात्रै वृद्धि गरिएको उनले जानकारी दिए। 

प्रकाशित: Sep 08, 2022| 23:50 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।