बुधबार, फागुन २०, २०८२

प्रविधि पुस्तकको विकल्प होइन : प्रधानमन्त्री मोदी

गुजरातको नवभारत साहित्य मन्दिरले भिडियो कन्फरेन्समार्फत अहमदाबादमा आयोजना गरेको पुस्तक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पुस्तक र पाठक शिक्षाका आधारभूत तत्त्व रहेको बताएका छन्।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

नयाँ दिल्ली- सूचना र प्रविधि  पुस्तकको  विकल्प बन्न नसक्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। गुजरातको नवभारत साहित्य मन्दिरले भिडियो कन्फरेन्समार्फत अहमदाबादमा आयोजना गरेको पुस्तक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पुस्तक र पाठक शिक्षाका आधारभूत तत्त्व रहेको बताएका छन्।

शिक्षाको आधारभूत तत्त्वको रूपमा पुस्तक र पाठ रहेको भन्दै भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रविधि निस्सन्देह सूचनाको एक महत्त्वपूर्ण स्रोत हो तर पुस्तकको विकल्प नभएको बताएका छन्।

'आज इन्टरनेटको जमानामा यो सोच प्रबल हुँदै गइरहेको  छ। कुनै कुराको आवश्यकता पर्दा इन्टरनेटको सहारा लिनेछौं। प्रविधि हाम्रा लागि सूचनाको एक महत्वपूर्ण स्रोत हो तर यो पुस्तकहरू प्रतिस्थापन गर्ने माध्यम होइन,' मोदीले भने, 'हामी स्वतन्त्रता सङ्ग्रामका बिर्सिएका कथाहरू पुनःस्मरण गर्न प्रतिबद्ध छौं र त्यसो गर्नमा पुस्तक मेलाहरूको आयोजनाले सधैं महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।'

प्रधानमन्त्रीले आफूले  त्यहाँ ‘वाञ्चे गुजरात’ अभियान शुरु गरेको बताएका छन्। उनले ‘कलम नो कार्निवल’ जस्ता अभियानले गुजरातको त्यो संकल्पलाई अगाडि बढाउने बताए। गुजरातमा पुस्तकालयहरूको धेरै पुरानो परम्परा रहेको उनको धारणा रहेको छ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ इन्डिया गेटमा ‘कर्तव्य पथ’को उद्घाटन गर्ने भएका छन्।  प्रधानमन्त्री कार्यालय (पीएमओ) द्वारा जारी विज्ञप्ति अनुसार यो कदमले सत्ताको प्रतीकको रूपमा रहेको राजपथबाट कर्तव्य पथमा परिवर्तनको प्रतीकलाई बुझाउने छ। 

kumari

'यी कदमहरू अमृत कालमा नयाँ भारतका लागि प्रधानमन्त्रीको दोस्रो पञ्च प्राणसँग मिल्दोजुल्दा छन्: औपनिवेशिक मानसिकताको सबै प्रकारको चिन्ह हटाउनुहोस्,' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Sep 09, 2022| 05:00 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।