काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २४ पैसा र बिक्री दर १२७ रुपैयाँ ८४ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ६६ पैसा र बिक्री दर १४७ रुपैयाँ ३५ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७३ पैसा र बिक्री दर १३१ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७७ पैसा र बिक्री दर ८६ रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९७पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४३ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८५ पैसा र बिक्री दर ८ रुपैयाँ ९० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २९ पैसा र बिक्री दर १८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८५ पैसा र बिक्री दर ३४ रुपैयाँ ०१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६१ पैसा र बिक्री दर ३४ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४० पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २१ पैसा र बिक्री दर ९ रुपैयाँ २५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर