'साठीबजार, नौगाउँ, फाँट, बिसौना गाउँका करिब ६५ स्थानीय दुई वटा बसमा मनकामना दर्शन गर्न हुँगीबाट बसमा चढेर निस्केको खबर पाएको छु, पाँचको मृत्युको खबरले दुःखी बनायो,' उनले भने, 'मृतकको शव...
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आइतबार टोखामा आयोजना गरेको ‘खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उनले कांग्रेस नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धन निर्माण भएको बताए।
गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो। बाढीपहिराका कारण बिजुली बिग्रदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन्। पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू...
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आइतबार पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताए।
दक्षिण कोरियामा भागदौड मच्चिँदा १५१ जनाको एकैचिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा सांगीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई चुनौती दिएका छन्।
छठ पर्वको महत्वपूर्ण दिन आइतबार साँझ नारायणी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरी मनाइएको छ। सूर्यदेवको अनुष्ठान गरी मनाइने छठपर्व नारायणी किनारमा पनि उल्लासमय तवरले मनाइएको हो।
उदयपुरको कटारी–८ स्थित ढुंगेमा आइतबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।
'तर मजस्ता धेरै काला कांग्रेसहरूले आजको दिनसम्म पनि संग्रौलालाई गुरु मान्छन्। उहाँले हामीलाई प्रश्न गर्न सिकाउनुभयो। समाजमा विभेद र असमानता छ कि बनाइएको हो भनेर सिकाउनुभयो।'
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गाउँ–गाउँमा सुविधा पुगेकाले अब आम्दानीको अवसर सिर्जना गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन्।
आइतबार नेपाल लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरुको टीमलेमात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्।