मंगलबार, साउन १२, २०८३

बाँके र कञ्चनपुरमा डुबेर दुई जनाको मृत्यु

बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

नेपालगञ्ज- बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका-८ मा पिपरी बस्ने जिबन गिरीको छोरा ११ वर्षीय आकाशको मनापुर सिक्टा नहरमा पौडी खेल्ने क्रममा डुबेर आज बिहान मृत्यु भएको हो।

यस्तै उता कञ्चनपुरमा पनि माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना किशोरीको मृत्यु भएको छ। 

पुनर्वास नगरपालिका-५ सिम्री बस्ने बलराम रानाकी छोरी १६ वर्षीया गितावती रानाको आफ्नै घरबाट करिब ५ सय मिटर टाढा सिम्री खोलामा माछा मार्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो।

प्रकाशित: Sep 19, 2022| 06:33 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।