सोमबार, वैशाख २४, २०८१

एउटा मिटरव्याजीका कारण सिंगो गाउँ नै पीडामा

शिवोदेवीका अनुसार कपाली तमसुक बनाउँदा नै झमलाले ३–४ गुणा बढी रकम राखेर कागज बनाई त्यसमा सहीछाप गराउने गरेका छन्। ३–४ गुणा बढी रकम राखेर गरेको कागज बमोजिमको पैसा बुझाउँदा पनि ऋणमुक्त नगरेको उनको भनाई छ।
 |  सोमबार, असोज ३, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, असोज ३, २०७९

विराटनगर- सुनसरी बर्जु १ शुक्रबारेका इन्द्रबहादुर गुरुङले चार वर्षअघि स्थानीय झमला  (मुरहरिवाला) सरदारसँग ३४ हजार ऋण लिए। ऋण लिएको झण्डै एक वर्षभित्रमा उनले ६० हजार तिरे। उनलाई ऋणमुक्त भएँ भन्ने भयो। 

triton college

झमलासँग उनले ऋणचुक्ताको कागज मागेनन्। उनले पनि दिएनन्। केही समयपछि अदालतबाट तारेख बुझ्ने पत्र आयो। त्यसपछि इन्द्रबहादुर छाँगाबाट खसे झै भए। झमलाले प्रहरीमा लेनदेन मुद्दा दर्ता गरिसकेका रहेछन्। प्रहरीले उनलाई भदौ २९ गते घरबाटै पक्राउ गरेर लग्यो। 

इन्द्रबहादुर भुम्का कारागार चलान भएपछि गाउँघरमा खैलाबैला मच्चियो। झमलासँग ऋण लिएकाहरू धमाधम उनको घर पुग्न थाले। उनीबाट लिएको ऋणबाट दोब्बर बढी चुक्ता गरेर बसेकाहरू आफूहरूलाई पनि प्रहरीले पक्राउ गर्ला भन्ने डरले झमला कहाँ तमसुकको पत्र लिन जानेको दैनिक भीड लाग्ने गरेको छ। तर, उनले तमसुक गरेको कागज दिन मान्दैनन्। 

ऋण तिरे पनि झमलाले फसाएको इन्द्रबहादुरकी श्रीमती रविना टण्डन चौधरी गुरुङले बताइन्। वडा कार्यालयमा गएर गुनासो गर्दा पनि सुनुवाई नभएको उनको भनाई छ। उनले भनिन्, ‘हामी निर्दोष छौं। प्रहरी, प्रशासन, स्थानीय सरकार हाम्रो कुरा सुन्न मान्दैन।’ धेरै पीडितलाई झमलाले घरबार विहीन बनाएको उनको भनाई छ।

झमलाले १५ वर्षअघिदेखि चर्को व्याज लगाएर कारोबार गर्दै आएको गुरुङले बताइन्। उनले भनिन्, ‘अर्काकोमा श्रम गरेर परिवार चलाउँदै आएका हामीलाई ऋण उसँग नलिई पनि हुन्थे‍न। लिएर समयमै व्याजसहित तिर्दा पनि पक्राउ गर्न थालेपछि हामीले कसरी बाँच्ने?,' उनले प्रश्न गरिन्। प्रशासनले मिटर व्याजीविरुद्ध निवेदन दिन भनेको कुरा आफूहरूले थाहा नपाएको गुरुङले बताइन्। 

corrent noodles
Metro Mart

भदौ ३० गते झमलाले पीडित महिलालाई कुटपीट गरेको स्थानीयबासीको भनाई छ। भरपाई गरेको कागज लिन बोलाएर कुटपीट गरेको शिवोदेवी सरदारले बताइन्। झमला र उनकी छोरीले हँसियाले प्रहार गर्दा उनको दाहिने हातमा गहिरो चोट लागेको छ। 

शिवोदेवीका अनुसार कपाली तमसुक बनाउँदा नै झमलाले ३–४ गुणा बढी रकम राखेर कागज बनाई त्यसमा सहीछाप गराउने गरेका छन्। ३–४ गुणा बढी रकम राखेर गरेको कागज बमोजिमको पैसा बुझाउँदा पनि ऋणमुक्त नगरेको उनको भनाई छ।

३७ वर्षीया उर्मिला गुरुङले ८ लाख रुपैयाँ धितोमा ऋण लिइन्। तर, झमलाले १९ लाख लिएको कागज गराए। सामान्य लेखपढ पनि गर्न नसक्ने उर्मिलाले ८ लाख तिर्न नसक्दा उनको जग्गा स्थानीय चेतनारायण मेहतालाई झमलाले विक्री गरिसकेका छन्। उर्मिलाले ऋण लिएको कागजपत्र अझैँ च्यातिएको छैन। उनले भनिन्, ‘पढे लेखेको छैन, झमलाले उठिबास लगाउने भयो।’ न्यायका लागि स्थानीय तहमा गए पनि बेवास्ता गरिएको उनको गुनासो छ।

शुक्रबारे टोलकै प्रमिलादेवी सरदारले सिटी सफारी खरिदका लागि ५० हजार ऋण लिइन्। उनले ६ महिनामा ५० हजार ऋणसहित दुई लाख भुक्तान गरिन्। तर, झमलाले तमसुक दिएनन्। अहिले इन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेपछि तमसुक लिन जाँदा अझै ऋण तिर्न बाँकी रहेको भन्दै उनलाई फर्काइदिए। प्रहरीले आफूहरूलाई पनि पक्राउ गर्ला की भन्ने डर लागेको उनले बताइन्।

टोलका करिव डेढसय परिवारले झमलाबाट ऋण लिएको स्थानीय मनोजकुमार चौधरीले बताए। लेनदेन मुद्दामा पक्राउ पर्न थालेपछि ऋण लिएकाहरू एकजुट भएर प्रहरी कार्यालय, गाउँपालिका धाउन थालेको उनले बताए। जता पुगे पनि समस्या समाधान गरिदिन्छु भनेर कसैले नभनेको उनले बताए। पीडित झन पीडा भोग्न बाध्य भएको उनको भनाई छ। झमलाले मिटरव्याजकै कारण स्थानीयवासीलाई कुटपीट र धाकधम्की दिँदै आएको उनले बताए। 

पीडक भनिएका झमलाले भने आफूसँग ऋण लिएर पैसा नतिरेको बताए। उनले ऋण लिएर नतिर्नेहरू विरुद्ध अदालतमा उजुरी दिएको बताए। उनले भने, ‘अब जे गर्छ अदालतले गर्छ।’ भर्खरै जेल चलान भएका इन्द्रबहादुरले अझै साढे ३ लाख तिर्न बाँकी रहेको उनका भनाई छ। 

झमलाले भने, ‘इन्द्रबहादुरले ६० हजार तिरेको हो तर थप लेको साढे ३ लाख ऋण अझैँ तिर्न बाँकी छ।’ उनका अनुसार अहिले १२ जनाविरुद्ध अदालतमा उजुरी दिइएको छ। 

 मिटरव्याजका कारण पीडित भएकाहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए अनुसन्धानको प्रक्रिया अघि बढाउन सकिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले भने, ‘ प्रशासन कार्यालयले आह्वान गरेको समयमा मिटरव्याजीविरुद्ध उजुरी दिन छुटे पनि पीडितले प्रशासन कार्यालयमा आएर जहिल्यै पनि उजुरी दिन सक्नेछन्।’

प्रकाशित: Sep 19, 2022| 09:23 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।