बुधबार, फागुन २०, २०८२

चीनको पहिलो मंगल अन्वेषण अभियान सफल

चीनको पहिलो मंगल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

बेइजिङ- चीनको पहिलो मंगल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ।

सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिनभन्दा बढी समयदेखि सामान्य रूपमा काम गरिरहेको छ भने रोभर झुरोङले मंगलग्रहको सतहमा ‍क हजार ९२१ मिटरको यात्रा गरेको छ।

चीनको तियानवेन–१ प्रोबको आर्बिटर र रोभरले लक्षित वैज्ञानिक अन्वेषण मिसन पूरा गरेको छ र एक हजार ४८० गिगाबाइट कच्चा वैज्ञानिक तथ्यांक प्राप्त गरेको छ।

तियानवेन–१ खोजमा एक आर्बिटर, एक ल्यान्डर र एक रोभर हुन्छन्। सन् २०२१ को मे १५ मा मंगलग्रहको विशाल मैदान युटोपिया प्लेनिटियामा चीनले पहिलो पटक पृथ्वीमा यान अवतरण गरेको थियो। 

प्रकाशित: Sep 19, 2022| 05:00 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।